३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बागलुङको नेवारे झरनाले पाएन प्रचार

बागलुङको नेवारे झरनाले पाएन प्रचार
अ+ अ-

ढोरपाटन । नजिकै कालीगण्डकी नदी, वरपर घनाजङ्गल । बीचमा छ, नेवारेखोला झरना । प्राकृतिक सुन्दरताले भरिएको यो झरना अहिलेसम्म गुमनाम थियो । बागलुङ बजार नजिकै रहेको नेवारेखोला झरना काठेखोलाको छेउमै रहेको छ । बागलुङ नगरपालिका–१० मा रहेको यस झरनाको अग्लो पहाडबाट झरेको छ ।

वरपर शान्त, स्वच्छ र मनोरम वातावरण रहेको हुँदा झरनाले धेरैलाई आकर्षित गर्छ । बागलुङ, कालिका, लामो झलुङ्गे पुल लगायतका पर्यटकीय क्षेत्रको नजिकै थप अर्को झरना पहिचान भएपछि यसको प्रचारप्रसार र प्रवद्र्धन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने स्थानीयवासी बताउँछन् ।

करिब ५० मिटर अग्लो स्थानबाट झरेको झरनाको फेदमा एउटा ताल छ । त्यो ताल अहिले अव्यवस्थित छ । बागलुङ बजार नजिकै भएर पनि ओझेलमा परेको यो झरना अब तीव्र रुपमा प्रचारप्रसार गरी पर्यटक भित्र्याउनतर्फ लाग्ने नगर उपप्रमुख राजु खड्काले बताउनुभयो । उहाँले हिउँद बर्खा बाह्रै महिना यहाँ पानी बग्ने हुँदा यो झरना पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्न सक्ने बताउनुभयो । यस वर्ष मात्रै झरनाको पहिचान भएको जनाउँदै उहाँले आगामी वर्षदेखि बजेट व्यवस्थापन गरेर यहाँ पूर्वाधार निर्माण गर्ने र प्रवद्र्धनमा लाग्ने बताउनुभयो ।

“यो झरना अत्यन्तै सुन्दर छ, अहिलेसम्म कसैको नजर पुग्न सकेको थिएन, यो नगरपालिकाको सम्पत्ति हो, यसको विकास र प्रवद्र्धनका लागि नगरपालिका योजना बनाएर लाग्छ, वनको बीचमा रहेको हुँदा यहाँ विश्राम गर्ने, योगा, ध्यान गर्नका लागि पनि अति उपयुक्त छ”, उपप्रमुख खड्काले भन्नुभयो, “अब सबैभन्दा पहिला यहाँसम्म सहज रुपमा पुग्ने पहुँच मार्ग निर्माण गर्ने र अन्य पूर्वाधार बनाएर तीव्र प्रचार गर्नुपर्ने छ, यसका लागि हामीहरुले आगामी वर्षदेखि काम गर्छौं, यहाँ पानी बाह्रै महिना बग्छ, हिउँदमा केही कम हुनु स्वाभाविक हो, व्यवस्थित गर्न जरुरी छ ।”

झरनाभन्दा माथि सडक निर्माण भएको हुँदा सडकबाट आएको भलले झरनाको फेदको तालमा क्षति पुर्‍याएको छ । बागलुङ बजारदेखि नेवारेखोला झरनासम्म पुग्न १५ मिनेट मात्र लाग्छ । अब झरनाको फेदमा पोखरी, छेउछाउमा बगैँचा र झरनासम्म पुग्ने पर्यटकका लागि रेष्टुरेन्ट सञ्चालन गर्ने योजना बनाइएको उपप्रमुख खड्का बताउनुहुन्छ ।

झरनाको पहिचान भएपछि पहिलो पटक त्यहाँ पुग्नुभएका नगरपालिकाका इन्जिनियर त्रिलोचन गिरीले झरनासँगै त्यस वरपरको वातावरण प्राकृतिक रुपमा निकै सुन्दर रहेको हुँदा पर्यटक भित्र्याउन समस्या नभएको बताउनुभयो । अहिले पनि झरना नजिकै सडक पुगेको हुँदा त्यस सडकलाई व्यवस्थित गर्न सकियो भने पर्यटक गाडीमै झरनासम्म पुग्न सक्ने गिरीको भनाइ छ । पदमार्ग, सडक र अन्य व्यवस्थापनका काम गर्न जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

इन्जिनियर गिरीले भन्नुभयो, “जङ्गलको कुनामा हुँदा यो झरना अहिलेसम्म ओझेलमा परेको रहेछ, स्थानीयहरुले देखे पनि बाहिर ल्याउन सक्नुभएको थिएन, यो झरना राम्रो छ, त्यहाँ जाने बाटो राम्रो बनाउने हो भने बागलुङ आउने अधिकांश पर्यटकलाई पुर्‍याउन सहज पनि छ, पार्क, स्विमिङपुल बनाउन सके बागलुङ बजारवासीसँगै बाहिरबाट आउने आगन्तुकलाई घुमफिर गर्न निकै राम्रो स्थान छ, अहिले बाटो राम्रो छैन, एक दिन मेसिन लगेर सडक खुलायो भने गाडीमा पनि सहजै पुग्न सक्छन् ।” रासस