२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल

माधव नेपालसँग वार्ता गर्न ओलीले पठाए दुई नेता

माधव नेपालसँग वार्ता गर्न ओलीले पठाए दुई नेता
अ अ+ अ-

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्नका लागि अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाउनुभएको छ । 

नेकपा (एमाले) को पार्टी एकता जोगाउनको लागि नेताहरुले अन्तिम प्रयास गरेका छन् । 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच एकपटक निर्णायक वार्ता गराउनको लागि नेताहरुले पहल गर्नुभएको हो । 

अहिले नेता नेपालसँग ओली पक्षधर नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले भेटवार्ता गर्ने स्रोतले बताएको छ । दुवै नेता प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको दूत बनेर सिंहदरबार पुग्नुभएको हो ।

यता नेता नेपालले पनि पार्टी एकता जोगाउनको लागि अन्तिम प्रयत्न गर्ने भन्दै भेटको लागि आफू तयार भएको सन्देश दिनुभएको थियो । 

सुरुमा पौडेल र नेम्वाङले नेता नेपालसँग वार्ता गर्ने र उक्त वार्तामा सहमतिको खाका तयार भए अध्यक्ष ओली र नेता नेपालबीच आजै भेटवार्ता हुने देखिन्छ ।

प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदै हुनुहुन्छ । त्यो भन्दा अघि नै नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने बताउँदै आएका छन् । यस्तो अवस्थामा वार्ता पहल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।