२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई ओलीको तीन सन्देश, सामुहिक राजीनामा पुनःबिचार होला ?



अ+ अ-

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल र प्रधानमन्त्री केपी ओलीका प्रतिनिधिका रुपमा रहनुभएका  विष्णु पौडेल र सुवास नेम्वाङको वार्ता सकिएको छ  ।

 पौडेल र नेम्वाङ संग को बार्ता सकिए लगत्तै नेपाल आफू निकट सांसदहरु  छलफल गर्नुभएको छ ।  नेपाल संगको छलफलमा नेता पौडेल  नेम्वाङले नेता नेपाललाई जहा पुग्नु भएको हो त्यही रोकिएर सहमति खोज्न आग्रह गर्नुभएको थियो । उहाँहरुले अध्यक्ष ओली संग सम्वाद गरी ठोस प्रस्तावको खाका तयार गर्न समेत आग्रह गर्नुभएको थियो ।

यसै गरी सामूहिक राजीनामा आत्मदाहाको बाटो भएका कारण पुनःबिचार गर्न सुझाब दिनु भएको थियो । नेता नेपालले भने सहमतिको लागि ठोस प्रस्ताब माग्नु भएको थियो ।  नेता नेपालले राजीनामा को बारेमा पुनःबिचार  हुन सक्ने र एकताको लागि सम्मानजनक प्रस्ताब आबश्यक रहेको बताउनु भएको थियो । नेता नेपाल संग भएको छलफल बारे प्रधानमन्त्री ओलीलाई बिफ्रिङ गरेपछि पुन उहाँहरु बीच सम्बाद गर्ने सहमति भएको छ ।