२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल

बन्दाबन्दी अवधिमा महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना बिरामीले सेवा लिए

बन्दाबन्दी अवधिमा महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना बिरामीले सेवा लिए
अ अ+ अ-

काठमाडौं । बैशाख १६ गते यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् । जसमध्ये नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन् । यो संख्या नेपाल एम्बुलेन्स सेवाको बैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको बैशाख २३ गतेसम्मको हो । 

काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोविडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । जसमा नेपाल एम्बुलेन्स सेवा (महानगरको सहयोगमा सञ्चालित) ले कोविडको संक्रमण भएका वा शंका भएका विरामी बोक्छ भने संघबाट (१५ दिनको लागि सम्झौता गरेर सञ्चालन गरेका) सञ्चालित १० वटा एम्बसलेन्सले कोविड नभएका विरामीलाई निःशुल्क सेवा दिन्छन् ।   

नेपाल एम्बुलेन्स सेवाले बैशाख १६ गते ४६ जना पोजेटिभ र ४ जना शंकास्पद विरामीलाई अस्पताल पुर्‍यायो । यस्तै १७ गते ७० जना पोजेटिभ र ६ जना शंकास्पद, १८ गते ८८ जना पोजेटिभ र ७ जना शंकास्पद, १९ गते ९९ जना पोजेटिभ, २० गते ९८ जना पोजेटिभ र १ जना शंकास्पद, २१ गते  १०८ जना पोजेटिभ, २२ गते ९३ जना पोजेटिभ, २३ गते ८७ पोजेटिभ र १ जना शंकास्पद, २४ गते ६३ जना पोजेटिभ र १ जना शंकास्पद, २५ गते ८० जना पीसीआर पोजेटिभ विरामीलाई अस्पताल पु¥याएको छ । यी विरामीमध्ये ६६५ जनालाई दिनमा र ३२३ जनालाई रातमा अस्पताल लगिएको हो । 

यस अवधिमा महानगरको हटलाइन ११८० मा ५९१ जनाले फोन गरेर सेवा माग गर्नुभएको थियो । यीमध्ये ४९ जनाको सेवा नेपाल एम्बुलेन्स सेवासँग सम्बन्धित थियो । अन्य सेवामा संयुक्त एम्बुलेन्स सेवाबाट विरामी अस्पताल लैजाने ल्याउने, पीसीआर परीक्षण गर्ने, विरामीलाई अस्पतालमा वेड मिलाइ दिने, औषधिका बारेमा जानकारी, बन्दाबन्दीमा गर्न हुने र नहुने काम, सवारी कहाँ र कसरी चलाउन पाइनेलगायत प्रश्न तथा जिज्ञासाहरु थिए ।  

यसै गरी चावहिल, वडा ७ परिसरमा राखिएका एम्बुलेन्समध्ये वा ३ च २७६६ ले ३२ जना र बा १० च ७८५६ ले ३५ जना विरामीलाई सेवा दिएका छन् । स्वयम्भूस्थित वडा १५ परिसरमा राखिएको ना २ च ७७५४ ले २८ जनालाई र बा १० च ४३७३ ले २७ जनालाई सेवा दिएका छन् । महाराजगञ्जस्थित, वडा ३ परिसरमा भएको बा १२ च २३६० ३९ जनालाई र बा ६ च २८२ ३८ जनालाई, ट्रली बस मीनभवनमा रहेको बा १८ च ५६५७ १८ जनालाई र ना २ च ४१२० ले ३० जनालाई सेवा दिएका छन् । यसैगरी सभा गृह, प्रदर्शनी मार्गमा राखिएको बा ६ च ९१०० ले ३६ जनालाई र बा ५ च ५७५९ ३१ जनलाई अस्पताल पुर्‍याएका छन् ।

यी एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन ११८० वा सिधै एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न सकिन्छ । कोविड जाँच गर्दा पोजेटिभ रिपोर्ट आएका र शंकास्पद आपतकालीन विरामीलाई अस्पताल लानु परे १०२ मा सम्पर्क गर्न सकिन्छ ।