२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमालयन बैंक लिमिटेडद्वारा कान्ति बाल अस्पताललाई आर्थिक सहयोग



अ+ अ-

काठमाडौं । हिमालयन बैंक लिमिटेडले महाराजगंज स्थित कान्ति बाल अस्पताललाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रु. २० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले प्रदान गरेको उक्त रकम कान्ति बाल अस्पतालले आफ्नो मुख्य प्रवेश द्वार निर्माण गर्न तथा अस्पताल हाता भित्र रहेको बाल उद्यान तथा त्यस वरपरको क्षेत्रको सौन्दर्यीकरण गर्न खर्च गर्ने छ ।

कान्ति बाल अस्पतालमा आज आयोजित एक समारोहका बिच उक्त रकम प्रदान गर्ने सहमति भएको छ । सो समारोहमा बैंकका तर्फ बाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले कान्ति बाल अस्पताल विकास समितिका अध्यक्ष डा. बाबुराम गौतमलाई उक्त प्रतिबद्धता पत्र प्रदान गर्नु भएको थियो ।

सो अवसरमा अस्पतालका निर्देशक डा. युबानिधि बसौला, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री विपिन हाडा, श्री विजयमान नकर्मी, बैंकका महाराजगंज शाखाका प्रमुख श्री अभय बहादुर शाह लगायत बैंकका र अस्पतालका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत श्री राणाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा विगतका वर्षहरुमा पनि सहयोग गर्दै आइरहेको तथा भविष्यमा पनि समाजको अति आवश्यक क्षेत्रमा निरन्तर सहयोग प्रदान गर्ने बताउनु भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष श्री गौतमले बैंकले कान्ति बाल अस्पताललाई प्रवेशद्वार निर्माण तथा उद्यानको सौन्दर्यीकरणको लागि गरेको आर्थिक सहयोगको लागि धन्यवाद प्रदान गर्नु भएको छ ।