२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ

माल्दिभ्सका पूर्व राष्ट्रपति नाशीदमाथि आक्रमण गरेको आरोपमा तेस्रो व्यक्ति पक्राउ
अ अ+ अ-

एजेन्सी । माल्दिभ्स प्रहरीले आइतबार पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नशीदमाथिको आक्रमणमा सम्लग्नता रहेको भनी आरोपित तेस्रो व्यक्ति पक्राउ गरेको छ ।

आक्रमणमा सम्लग्नता रहेका भनिएका दुई आरोपितलाई प्रहरीले शनिवार पक्राउ गरी अनुसन्धान सुरू गरेको बताइएको छ । 

“मे ३ मा पूर्व राष्ट्रपतिमाथि भएको आक्रमणका तेस्रो योजनाकारलाई आइतबार बिहान पक्राऊ गरिएको छ,” माल्दिभ्सको प्रहरीले ट्वीट गरी जानकारी गराएको छ । आज पक्राउ परेका आरोपित उक्त आक्रमणको ‘प्रमुख’ योजनाकारसमेत रहेको विश्वास प्रहरीले गरेको छ । 

राजधानी मालेमा बिहीबार बम बिष्फोटनमा ५३ वर्षीय नशीद घाइते हुनुभएको थियो । उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ भने स्वास्थ्यमा क्रमशः सुधार आएको बताइएको छ । नशीदको घरनजिकै भएको उक्त घटनामा दुई अन्य व्यक्ति घाइते भएका थिए । 

घाइते हुनेमा नशीदका अङ्गरक्षक र जसलाई एक विदेशी नागरिक पैदल यात्री घाइते भएका थिए । प्रहरीले नशीदमाथि भएको आक्रमणलाई आतङ्कवादी आक्रमण बताएको छ ।