२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल

क्यानडाको गभर्नर जनरल पदमा गैर आबासिय नेपाली मानकाजी श्रेष्ठको दावी

क्यानडाको गभर्नर जनरल पदमा गैर आबासिय नेपाली मानकाजी श्रेष्ठको दावी
अ अ+ अ-

टोरन्टो। क्यानडाको गभर्नर जनरल पदमा गैर आबासीय नेपाली मानकाजी श्रेष्ठले दावी प्रस्तुत गर्नुभएको छ ।  सन् १९९८ देखी  क्यानाडामा बसोबास गर्दे आउनु भएका श्रेष्ठले गैर आबासीयहरुले पाउने उच्च पदमा लागि आफू योग्य भएको भन्दै दाबी प्रस्तुत गर्नुभएको हो ।

श्रेष्ठको अभियानलाई क्यानडामा रहेका गैर आबासीय नेपाली समुदायले गौरवको रुपमा लिदै सहयोग अभियान नै संञ्चालन गरेका छन् । जन्मथलो गोरखा भएका श्रेष्ठले नेपालबाट प्रबिणता प्रमाणपत्र तहको अध्यायन सकि उच्च शिक्षको लागि रसिया बाट इलेक्टिकल इञ्जिनियरिंगको अध्यायन पुरा गर्नुभएको छ । रसिया बाट उच्च शिक्षा लिएपछि नेपालमा भवन विभाग, विद्युत प्राधिकरण  लगायतका कार्यालयमा  काम गर्दे थप अबसरका लागि क्यानडा पुग्नु भएको थियो ।

क्यानडामा रहदा सन् २०१० देखि २०१३ सम्म बिसी हाइड्रो कम्पनीमामा इनर्जी म्यानेजमेन्ट इञ्जिनियरकारुपमा परामर्स सेवा प्रदान गर्नुभएको थियो  ।पूर्व ब्रिटिश कोलोनी रहेको  क्यानडा संवैधानिक प्रजातान्त्रिक देश हो ।  क्यानाडाको राष्ट्र प्रमुख बेलायतकी महारानी एलिजावेथ द्वितीय हुनहुन्छ । क्यानाडाको कानून अनुसार  जनविर्वाचित प्रधानमन्त्रीले राजसंस्थाको प्रतिनिधित्व गर्ने एक व्यक्तिलाई गभर्नर जनरलका रुपमा नियुक्त गर्ने व्यबस्था रहेको छ ।

नियुक्तिको लागि दाबी गर्दे श्रेष्ठले भन्नुभयो “म साम्प्रदायिक जातीय, परिवार र आफ्नो चासो भन्दा माथी उठेर आफ्नो बलबुताले भ्याएसम्म क्यानाडाको सेवामा सर्मपित गर्न चाहन्छु। ” यो पटक मैले अबसर पाउने आशा पनि गरेको छु । हाल सम्म यो पदमा ७२ ब्यक्ति नियुक्ति भएपनि हाल सम्म एशियन मुलुक  बाट भने यो अबसर पाएका छैनन् । आफुले अबसर आए निशुल्क रुपमा नै काम गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

 क्यानडाको गभर्नर जनरलले मुख्य गरेर  संवैधानिक जिम्मेवारी, सेनाको परमाधिपति, क्यानाडाभित्र र बाहिर क्यानाडाको प्रतिनिधित्व, राम्रो काम गर्नेहरुलाई प्रेरित गर्ने र क्यानेडीयनहरुलाई एकतावद्ध राख्नेकाम गर्दछन् ।

यसै गरी सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, संसद बोलाउने र प्रधानमन्त्रीलाई सपथ ग्रहण गराउने र कानुन प्रमाणित गर्ने काम पनि गभर्नरका काम हुन्। प्रधानमन्त्रीको सल्लाहमा प्राइभी काउन्सिलमा नियुक्ति, १० वटा प्रान्त र ३ वटा टेरिटोरीका लागि राजसंस्थाका प्रतिनिधि लेफ्टिनेन्ट गभर्नरको नियुक्ति गर्ने लगायतका कामहरु पनि जिम्मेवारीमा पर्छन्।

बिभिन्न सामाजिक कार्यमा निरन्तर सक्रिय श्रेष्ठले आफनो अभियानका बारेमा नेपाली समूदाय संग अन्तरक्रिया समेत गर्ने तयारी गर्नुभएको छ । श्रेष्ठको अभियानलाई तिब्रता दिन अरोरा अन्टारियोका डा.पुण्यसागर मरहट्टाको संयोजनकत्वमा  अभियान नै संञ्चालन गरिएको छ ।