२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल

यस वर्ष पनि नखुल्ने भए यार्सापाटन

यस वर्ष पनि नखुल्ने भए  यार्सापाटन
अ अ+ अ-

डोल्पा । कोरोनाका कारण अघिल्लो वर्ष बन्द गरिएका डोल्पाका सम्पूर्ण यार्सापाटन यस वर्ष पनि नखुल्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयमा आज बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपत व्यवस्थापन समितिको बैठकले निकुञ्ज क्षेत्र, सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रमा पर्ने सम्पूर्ण यार्सा पाटनहरू बन्द गर्ने निर्णय गरेको हो । देशमा कोराना भाइरस सङ्क्रमण तीब्ररूपमा फैलिएकाले यार्सा पाटन पुग्ने दशौँ हजार मानिसको जमघट हुँदा सयौँ नागरिकको ज्यान जानसक्ने खतरा औंल्याइएको छ । 

जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, स्थानीय तहका प्रतिनिधिलगायत सरोकारवालाको भेलाबाट यसवर्ष पनि जिल्लाका सम्पूर्ण यार्सापाटन पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढकालले जानकारी दिनुभयो । बहुमूल्य जडिबुटी यार्सागुम्बाको अवैध चोरी निकाशी रोक्न नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी पचिालन गरेर पाटन भित्रने सम्पूर्ण नाकाहरू बन्द गर्ने निणर्य भएको प्रजिअ ढकालको बताउनुभयो ।

यससँगै जिल्लाका आठवटै स्थानीय तहले अक्सिजनसहित सुविधायुक्त आइसोलेशन बेड, क्वारेन्टाइनको, स्वास्थ्यर्कीको व्यवस्था गर्नुका साथै औषधि तथा एन्टिजिन किट मौज्दात राख्नुपर्ने निर्णय समेत गरिएको छ । डोल्पाका २०० भन्दा धेरै पाटनमा यार्सागुम्बा पाइन्छ । कोरोना भाइरस सङ्क्रमण फैलन नदिन डोल्पा प्रशासनले वैशाख २१ देखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । रासस