• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

बढ्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज बिहीबार सुन-चाँदीको मूल्य बढेको छ ।

आज छापावाल सुन प्रतितोला पाँच सय रुपैयाँले बढेर एक लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।