५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द्रयान–३ को सफल अवतरणमा पूर्वराष्ट्रपति भण्डारीद्वारा भारतलाई बधाई



फाईल फोटो
अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले भारतको चन्द्रयान–३ मिशन सफल भएकोमा भारतीय प्रधानमन्त्री र भारतबासीहरुलाई बधाई दिनु भएको छ ।

भारतले चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गर्दै इतिहास रचेको छ । यसै खुसीयालीमा पूर्वराष्ट्रपति भण्डारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ,वैज्ञानिक र भारतबासीलाई बधाई दिनु भएको हो ।

भण्डारीले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

चन्द्र यान – ३ ले चन्द्रमाको दक्षिणी ध्रुव (South pole) मा आज अवतरण गरेर हाम्रो मित्रराष्ट्र भारतले ऐतिहासिक सफलता हासिल गरेको छ । यस मिसनको सफलताका लागि ISRO का वैज्ञानिक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजी र समस्त भारतीय जनता सबैलाई हार्दिक बधाई दिन चाहान्छु । मित्रराष्ट्रको ऐतिहासिक सफलतामा नेपाल र सम्पूर्ण नेपाली जनता पनि अत्यन्त हर्षित छौं । @PMOIndia @narendramodi @isro @narendramodi_in