१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकियो,अब जनआन्दोलन : राप्रपा नेपाल महामन्त्री बर्तौला

ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकियो,अब जनआन्दोलन : राप्रपा नेपाल महामन्त्री बर्तौला
अ अ+ अ-

काठमाडौं । राप्रपा नेपालका महामन्त्री राजाराम वतौंलाले सिमित दलका सिमित नेताको ब्रम्हलुटका कारण गणतन्त्रको आयु सकिएको बताएका छन ।

मनपरीतन्त्रले सिमा नाघेको चर्चा गर्दै बर्तौलाले मुलुकमा अहिले बिद्यमान भ्रष्ट ब्यबस्थाको अन्त्यको लागि जनआन्दोलनको बिकल्प नभएको समेत उनले बताए। संगठन विभाग प्रमुख समेत रहेका वर्तौलाले ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ले आगामि असोज ५ गते सम्पन्न गर्ने राष्ट्रिय सम्मेलनको तयारी बैठकमा बोल्दै मुठ्ठी भरका नेताहरुको रजाई गर्ने ब्यबस्थाले मुलुकको आर्थिक,सामाजिक,राजनीतिक परिबर्तन र हित नहुने हुँदा जनआन्दोलनको माध्यमबाट मुलुकलाई नयाँ दिशा दिनुपर्नेमा जोड दिए । अहिलेको राजनीतिक शक्तिले मुलुकको स्वाधिनताको रक्षा , प्रजातन्त्रको संरक्षण , बिधिको शासन र आर्थिक समृद्धिको लागि केही योगदान दिन नसक्ने भएकोले धर्म,सस्कृती र पहिचान रक्षाको लागि पनि आन्दोलनको बिकल्प नभएको उनको भनाई थियो

राप्रपा नेपाल निकट ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय सम्मेलन आगामी असोज ५ मा काठमाडौमा आयोजना हुने भएको छ । सम्मेलनमा प्रत्यक जिल्लाबाट ५ जनाको दरले ६० जिल्ला बाट श्रमिक प्रतिनिधीहरुको सहभागीता रहने महासंघले जनाएको छ । राष्ट्रिय सम्मेलन सफल पार्न टुकोनले आर्थिक, व्यबस्थापन एवं विधान संशोधन समिती समेत गठन गरेको छ । महासंघका अध्यक्ष हिक्मतजंग भण्डारीको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले राष्ट्रिय सम्मेलन भव्य रुपमा सम्पन्न गर्न विभिन्न समितिहरु बनाएको हो । आज नै तीन वना श्रमिक अगुवाहरुलाई टुकोनको केन्द्रीय सदस्यमा मनोनित गरिएको टुकोनले जनाएको छ ।

केन्द्रीय सदस्यमा मनोनित हुनेहरुमा शिब प्रसाद पकुवाल (दोलखा) शिबहरी पकुवाल (दोलखा) र सन्त कुमार तामाड (नुवाकोट) रहेका छन् । राप्रपा नेपालका महामन्त्री एवं संगठन विभाग प्रमुख राजाराम वर्तौलाले मनोनित केन्द्रीय सदस्यहरुलाई खाता लगाएर बधाई दिएका थिए ।