४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

भोलि साँझ चन्द्रमामा अवतरण गर्दै चन्द्रयान–३, चन्द्रमाको नयाँ तस्बिरहरु पठायो

भोलि साँझ चन्द्रमामा अवतरण गर्दै चन्द्रयान–३, चन्द्रमाको नयाँ तस्बिरहरु पठायो
Photo: ISRO
अ+ अ-

एजेन्सी । भारतको चन्द्रमा मिशन अर्थात चन्द्रयान–३ को ल्यान्डर अगस्ट २३ मा आफ्नो निर्धारित समय साँझ ६ बजेर ४ मिनेट(भारतीय समय)मा चन्द्रमामा अवतरण गर्ने भएको छ ।

आज मिशनको बारेमा जानकारी दिँदै भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले सबै प्रणाली समय समयमा जाँच भइरहेको बताएको छ । इसरोका अनुसार यी सबै ठीकसँग काम गरिरहेका छन् ।

यससँगै इसरोले चन्द्रयान–३ द्वारा कैद गरिएका चन्द्रमाका नयाँ तस्बिरहरू पनि सेयर गरेको छ । चन्द्रयानले ७० किलोमिटर टाढाबाट ल्यान्डर पोजिसन डिटेक्शन क्यामेरा (एलपीडीसी) को सहायताले चन्द्रमाबाट यी तस्बिरहरू लिइएको हो । चन्द्रयान–३ अहिले चन्द्रमामा अवतरणका लागि सही ठाउँको खोजीमा छ । यसलाई २५ किलोमिटरको उचाइबाट अवतरण गरिनेछ ।

चन्द्रयान–३ को ल्यान्डरको सफ्ट ल्यान्डिङमा १५ देखि १७ मिनेट समय लाग्नेछ । यो अवधिलाई (फिफ्टिन मिनेट्स इन टेरर) अर्थात् सबैभन्दा कठिन समय भनिन्छ । भारतको चन्द्रयान–३ मिसन सफल भएमा यो चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो देश बन्नेछ ।

चन्द्रमामा अवतरण गर्नुभन्दा दुई घन्टा अघि ल्यान्डरको मोड्युलको स्थिति र चन्द्रमाको अवस्थाका आधारमा उक्त समयमा अवतरण गर्नु उपयुक्त हुन्छ कि हुँदैन भन्ने निर्णय हुन्छ । यदि कुनै कारक मार्क अप टु द मार्क छैन भने, अवतरण अगस्त २७ मा गरिनेछ ।

चन्द्रयानको दोस्रो र अन्तिम डिबुस्टिङ अपरेसन आइतबार राति करिब २ बजे पूरा भएको थियो । यसपछि चन्द्रमाबाट ल्यान्डरको न्यूनतम दूरी २५ किलोमिटर र अधिकतम दूरी १३४ किलोमिटर हुन्छ । डिबुस्टिङमा अन्तरिक्षयान को गति सुस्त बनाइन्छ ।

चन्द्रयान–१ र चन्द्रयान–२ मिसनका परियोजना निर्देशक एम. अन्नादुराईका अनुसार चन्द्रयान–३ ल्यान्डरलाई २५ किलोमिटरको उचाइबाट चन्द्रमाको सतहमा पुग्न १५ देखि २० मिनेट लाग्ने छ । यो समय सबैभन्दा संवेदनशील हुने छ ।

यसपछि, छ पाङ्ग्रे प्रज्ञान रोभर विक्रम ल्यान्डरबाट र्‍याम्प हुँदै बाहिर निस्कनेछ र इसरोबाट आदेश प्राप्त हुने बित्तिकै चन्द्रमाको सतहमा सर्नेछ । यस अवधिमा यसको पाङ्ग्राले चन्द्रमाको माटोमा भारतको राष्ट्रिय प्रतीक अशोक स्तम्भ र इसरोको लोगोको छाप छोड्नेछ ।