२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा आगामी सेप्टेम्बरदेखि हट एयर बलुन उडान सुरु हुने



अ+ अ-

पोखरा । मनसुनका कारण रोकिएको पोखराको हट एयर बलुन आगामी सेप्टेम्बरदेखि पुन: सञ्चालनमा आउने भएको छ ।

मौसममा सुधार भएसँगै करिब तीन महिना रोकिएको हट एयर बलुन सेप्टेम्बर १ देखि सुरु गर्न लागिएको हो ।

पोखराको साहसिक पर्यटनलाई ध्यानमा राख्दै पुन: सुचारु गर्न लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बादेले जानकारी दिए । पछिल्लो समय साहसिक पर्यटनका पारखीहरूको रोजाइमा यो खेल परेको छ ।

करिब ६ हजार फिट माथिसम्म उड्ने हट एयर बेलुनबाट माछापुच्छ्रे, अन्नपूर्ण लगायतका हिमालहरू, पूर्ण आकारको फेवाताल, पुम्दिकोट महादेव, सराङ्कोट मान्द्रेढुङ्गाबाट उड्ने प्याराग्लाइडिङ तथा पोखरा उपत्यका आसपासको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

विगतमा एक मात्रै बेलुन उडाइरहेको बेलुन नेपालले अब २ वटा उडाउने अध्यक्ष बादेले जनाए । बिहान र बेलुका गरी दुई सिफ्टमा उडाइने बलुन अमेरिकी र भियतनामी गरी दुई जना पाइलटले उडाउनेछन् ।

हट एयर बलुनमा उड्नका लागि नेपाली पर्यटकलाई ९ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ भने सार्क मुलुकका लागि १०० डलर र अन्य मुलुककालाई १३० डलर शुल्क कायम छ । यस्तै कम्पनीले नेपाली पर्यटकले रिजर्भ गरी प्राइभेट उडान गर्न चाहेमा आधा घण्टाको ५५ हजार र एक घण्टाको ८० हजार रुपैयाँ तोकेको छ ।