३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नाग र कमलको फुलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी

नाग र कमलको फुलले चिनाएको धार्मिक पर्यटकीय गन्तव्य कमलपोखरी
अ+ अ-

गण्डकी । तालै तालको सहर पोखराका तालमध्येको एक हो कमलपोखरी । क्षेत्रफलका दृष्टिले सानो भए पनि धार्मिक पर्यटकीयरुपमा यसको विशिष्ट महत्व रहेको छ । पोखरा महानगरपालिका–१३ कुँडहरस्थित कमलपोखरी विश्व रामसार सूचीमासमेत सूचीकृत भइसकेको छ ।

नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको यस पोखरी पोखराको मुख्य बजार महेन्द्रपुलबाट करिब चार किलोमिटर दूरीमा पर्दछ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको प्राचीन जनविश्वास रहेको कमलापोखरी संरक्षण समितिका अध्यक्ष केशबहादुर विश्वकर्माले बताउनुभयो । यही जनविश्वासका कारण यसको महत्व थप बढ्दै गएको बताउँदै नाग र कमलको फुलले यस क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यका रुपमा स्थापित भइरहेको उहाँले उल्लेख गर्नुभयो ।

समितिका अध्यक्ष विश्वकर्माले पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बताउँदै यसको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेकोमा जोड दिनुभयो । उहाँका अनुसार तालको दृश्यावलोनका साथै यहाँ पाइने विभिन्न प्रजातिका माछा, टाढाटाढाबाट आउने चराचुरुङ्ी यहाँका प्रमुख आकर्षण हुन् ।

झण्डै तीन दशक अघिदेखि यस क्षेत्रका दलित समुदायले पोखरीको संरक्षणका साथै विकास गर्दै आएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समयमा सङ्घ, प्रदेश र स्थानीय तहले पनि यसको संरक्षण एवं प्रवर्द्धनमा चासो बढाउँदै आएका छन् ।

कमलपोखरीलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा प्रवर्द्धन गरी विकासमा टेवा पुर्‍याउने उद्देश्यले राज्यस्तरबाट प्राथमिकतामा राखेर संरक्षण एवं विकासका योजना बनाइरहेको पोखरा महानगरपालिका–१३ का वडाध्यक्ष किरण बरालले जानकारी गराउनुभयो । “कमलपोखरीको संरक्षण एवम् पर्यटकीय विकासलाई लक्षित गरी यसको वरिपरी ‘फुटट्र्याक’ निर्माणका लागि वडाको पहलमा महानगरपालिकाबाट रू १८ लाख बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो ।

कमलपोखरी क्षेत्रमा बर्सेनि डुबान हुँदा यहाँका स्थानीय प्रभावित भएकाले गण्डकी प्रदेश सरकारले बहुवर्षीय योजनाअन्तर्गत काहुँखोला डुबान क्षेत्रको रोकथामका लागि योजना अघि सारेको वडाध्यक्ष बरालले जानकारी दिनुभयो । उहाँका अनुसार डुबान रोकथामका लागि बहुवर्षीय योजनाअन्तर्गत रू आठ करोड विनियोजन गरिएको छ ।

विश्व रामसार सूचीमा सूचीकृत रहेकाले पनि पछिल्लो समयमा यसको संरक्षण थप चासोको विषय बनेको छ । धार्मिक पर्यटकीयरुपमा उत्तिकै महत्व राख्ने कमलपोखरी परिसरमा प्रत्येक वर्षको नागपञ्चमीका दिन विशेष मेला लाग्ने गरेको कमलपोखरी आमा समूहका अध्यक्ष हस्तिमाया विकले जानकारी दिनुभयो । विशेष गरी दलित समूदायले यस क्षेत्रको संरक्षणका लागि निरन्तर प्रयास गर्दै आएको बताउँदै उहाँले संरक्षणसँगै यसको महत्वलाई प्रचारप्रसार गर्न भने नसकिएको बताउनुभयो ।

भगवान् विष्णुको प्रतिकका रूपमा मानिने कमलको फूल फूल्ने भएकाले यसलाई कमलपोखरी नामकरण गरिएको यहाँका स्थानीय बताउँछन् । प्रत्येक वर्षको नागपञ्चमीका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ ।

संरक्षण समितिका अध्यक्ष विश्वकर्माका अनुसार पोखरीको सरसफाइ तथा मर्मतका लागि आवश्यक बजेट नहुँदा तालमा झार झागिँदै गएको छ । मन्दिरको पूजारी पनि दलित समुदायबाटै व्यवस्था गरिएको बताउँदै उहाँले हाल उज्वल विकले नियमित पूजाआजा गर्दै आउनुभएको जानकारी दिनुभयो ।

अध्यक्ष विश्वकर्माका अनुसार कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनेकाले यसको क्षेत्रफल ३२ रोपनी रहेको जानकारी गराउनुभयो । “पछिल्लो समय अतिक्रमणका कारण करिब छ रोपनी क्षेत्रफल कम देखिएको छ”, उहाँले भन्नुभयो, “अहिले ताल वरपर तारबार गरिएको छ ।”

पोखरा बजारबाट नजिकै रहेकाले पनि यहाँ शनिबार र अन्य सार्वजनिक बिदाका दिन आत्रिक पर्यटकको घुइँचो लाग्ने गरेको अध्यक्ष विश्वकर्माले बताउनुभयो । विसं २०४५ देखि नै यहाँका स्थानीयल सङ्गठित भइ तालको संरक्षण गर्दै आएकामा विसं २०५१ देखि ‘कमलपोखरी आमा समूह’दर्तागरी औपचारिकरुपमा ताल संरक्षणका साथै यसको विकासका क्षेत्रमा पहल थालिएको उहाँको भनाइ थियो ।

विसं २०६४ मा गठित कमलपोखरी संरक्षण समितिको पहलमा तालको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा काम गरिरहेको समितिका अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार कमलपोखरी चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । प्राचीनकालमा ताल रहेको क्षेत्रमा पानीसँगै झारले ढाकिएको थियो ।

“छ दश अघिसम्म पर्याप्त माछा पाइने यस स्थानमा गौँडाको मुखमा बस्ने मति पोडे, उनका छोरा गोथे पोडे र नाति इन्द्र पोडेले यहाँ माछा मार्ने गर्दथे”, अध्यक्ष विश्वकर्माले भन्नुभयो, “तत्कालीन मुखिया भीमप्रसाद आचार्यलले पोडे परिवारलाई वार्षिक रू तीन रुपैयाँ एक महोेर लिएर माछा मार्नका लागि स्वीकृति दिएको आफूले सुनेको हुँ ।”

पछिल्लो समय यस स्थानको धार्मिक महत्व रहेको थाहा पाएपछि संरक्षणका लागि स्थानीयले थप पहल अगाडि बढाएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार कमलपोखरीसम्म आउने बाटो नहुँदा स्थानीय कालेजैसी गोतामे, अमिन शेरबहादुर कार्की र धनपति तिमल्सिनाले जग्गा दिएपछि बाटो खोलिएको थियो । बाटो सञ्चालनमा आएसँगै यसस्थलमा नागको मन्दिरलगायतका अन्य भौति पूर्वाधार निर्माण थालिएको उहाँले जानकारी दिनुभयो ।

“नियमित पूजाका लागि रकम अभाव भएपछि रू एक लाख एक हजारको अक्षयकोष स्थापना गरी धूप तथा अक्षता किन्ने व्यवस्था मिलाएका छौँ”, समितिका अध्यक्ष विश्वकर्माले भन्नुभयो, “नागपञ्चमीका दिनमा आउने भक्तजनको दान र सहयोगले यसको संरक्षणका लागि केही टेवा पुगेको छ ।”

नागपञ्चमीमा यहाँ पूजा गरी कमलको फूलपात घरमा लगेर राखेमा घरपरिवारलाई राम्रो हुने जनविश्वास रहेकाले आजको दिन यहाँ आई कमलको फूल तथा पात घर लैजाने गरेको स्थानीय बताउँछन् । पोखरीका बीचमा नागको मूर्तिसँगै परिसरमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर तथा दुई वटा पाटीले यहाँको सौन्दर्य थप बढाएका छन् । रासस