२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी



अ+ अ-

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ ।

गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन पाउने भएका हुन् ।

चितवन राष्ट्रिय निकुञ्जले बगैँचा एडभेन्चर रिसोर्टलाई यही भदौ १ गतेदेखि एक वर्षका लागि डुङ्गा सफारीको अनुमति दिएको रिसोर्टका सञ्चालक सन्तोष धितालले बताउनुभयो । “रिसोर्टमा आउने पर्यटकलाई काठे गोरु गाडामा नारायणी नदीको शिख्रौली घाटसम्म र त्यहाँबाट करिब ११ किलोमिटर डुङ्गामा सफारी गराएर दिव्यपुरीसम्म पुर्‍याइनेछ”, उहाँले भन्नुभयो, “डुङ्गा सफारीपछि पर्यटकलाई दिव्य सामुदायिक वनमा जङ्गल सफारीसमेत गराउने गरेर प्याकेज तयार पारिएको छ ।”

होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको साँझा पहलमा यस क्षेत्रमा डुङ्गा सफारी सञ्चालन गर्न लागिएको हो । यसअघि होटेल, घरबास तथा पर्यटन व्यवसायी समितिको पहलमा देवचुलीको पिप्रहरबाट निकुञ्जको भित्रि क्षेत्रमा करिब ५५ किलोमिटर लामो जङ्गल सफारी सुरु गरिएको छ ।

वैदेशिक रोजगारीबाट फर्कनुभएका व्यवसायी सन्तोष धितालले गैँडाकोटको हर्कपुरमा करिब रु ८० करोडको लगानिमा बगैँचा एडभेन्चर रिसोर्ट सञ्चालन गर्नुभएको हो । “निर्माणाधीन रिसोर्टलाई कार्ट हाउस ९गाडा घर० भनेर चिनाउन खोजिएको छ”, सञ्चालक धितालले भन्नुभयो, “वातानुकूलित यो होटलमा बाहिर र कोठाभित्रको तापक्रममा १२ डिग्री फरक हुने छ ।”

यस्तो फरक शैलीको रिसोर्ट यो नै नेपालको पहिलो रहेको उहाँले दाबी गर्नुभयो । “होटेलका सबै कोठाको माथिल्लो भागमा परम्परागत थारु समुदायले बनाउँदै आएको खपडाको छानो राखिएको छ”, उहाँले भन्नुभयो । होटेलमा बाँसको ढुङ्ग्रामा खाना पकाउने प्रविधि राखिएको छ । होटेलका पाहुनाले खाना खाने थाल, प्लेट, गिलाससमेत काठबाट नै तयार गरिएको उहाँले बताउनुभयो । “होटेल पूर्णरुपमा सञ्चालनमा आउँदा ६० जनाले रोजगारी पाउने छन्”, उहाँले भन्नुभयो, “यहाँ थारु र मगर समुदायको सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिनेछ ।” रासस