५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य घट्दा चाँदी स्थिर, कतिमा हुदैँछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज साता कारोबारको पहिलो दिन सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहको छ ।

आईतबार छापावाल सुन प्रति तोलामा एक सय रुपैयाँले घटेर एक लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाल सुन एक लाख १० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार सात सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार उक्त सुन एक लाख नौ हजार आठ ५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी शुक्रबारकै मूल्यमा यथावत रहि प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।