२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सकस: सरकार टिकाउन १० करोड र मन्त्री पद बाँड्न थालियो- राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा सरकार टिकाउन आर्थिक प्रलोभन र मन्त्रीपद बाँड्दै हिडेको आशंका गर्नुभएको छ ।

एक मतका कारण सरकार संकटमा पर्ने अवस्था रहेको कोशी प्रदेशमा सरकार टिकाउन आर्थिक तथा पदको प्रलोभन दिईएको अध्यक्ष लिङदेनले शंका गर्नुभयो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौ: सम्मै आइपुग्यो त।


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने तयारी गर्नुभएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

थापाको पक्षमा ४७ सांसद र विपक्षमा ४६ सांसद छन् तर सभामुख पद भने खाली रहेको छ । बहुमत पुर्‍याउन भन्दै थापाले जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाउनु भएको छ ।

उपसभामुखले सभा नचलाएको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन कठिन हुने भएपछि मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।