२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोशीमा सकस: सरकार टिकाउन १० करोड र मन्त्री पद बाँड्न थालियो- राजेन्द्र लिङदेन



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कोशीमा सरकार टिकाउन आर्थिक प्रलोभन र मन्त्रीपद बाँड्दै हिडेको आशंका गर्नुभएको छ ।

एक मतका कारण सरकार संकटमा पर्ने अवस्था रहेको कोशी प्रदेशमा सरकार टिकाउन आर्थिक तथा पदको प्रलोभन दिईएको अध्यक्ष लिङदेनले शंका गर्नुभयो ।

उहाँले सामाजिक संञ्जालमा लेख्नुभएको छ-

पूर्वमा विश्वासको मत लिने दिनको टुंगो भएसँगै खरिदेहरु प्रदेश सभा सदस्यहरुको घरदैलोमा गएर मन्त्री र रु.१० करोडको प्रस्ताव गर्दैछन् भन्ने हल्ला काठमाडौ: सम्मै आइपुग्यो त।


कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले यही भदौ ४ गते सोमबार दिनको १ बजे विश्वासको मत लिने तयारी गर्नुभएको छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।

थापाको पक्षमा ४७ सांसद र विपक्षमा ४६ सांसद छन् तर सभामुख पद भने खाली रहेको छ । बहुमत पुर्‍याउन भन्दै थापाले जेष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री बनाउनु भएको छ ।

उपसभामुखले सभा नचलाएको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाउन कठिन हुने भएपछि मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरिएको हो ।