५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल विद्युत प्राधिकरणको वार्षिक नाफा १२ अर्ब ३३ करोड (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका छन् ।

३८औं वार्षिकोत्सको अवसर पारेर घिसिङले प्राधिकरणको वार्षिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । जसमा विद्युत उत्पादनमा वृद्धि, प्रसारण तथा वितरण लाइन विस्तार, विद्युत खपतमा वृद्धि, स्वदेशमा खपत हुन नसकेको विद्युत निर्यात गर्न सफल भएको बारेका उल्लेख गरिएको छ ।

घिसिङले प्राधिकरणले ७ वर्षदेखि नाफा कमाउँदै आएको उल्लेख गर्दै गत आर्थिक वर्षसम्म आउँदा वार्षिक १२ अर्ब ३३ करोड नाफा आर्जन गरी ३६ अर्व ६७ करोड सञ्चित नाफा गरेको बताएका छन् ।

यस्तै, उनले राष्‍ट्रिय ग्रीडको पहुँचबाट ९५ प्रतिशत र साना तथा लघु जलविद्युत आयोजना एवम् सौर्य विद्युतबाट ३ प्रतिशत गरी ९८ प्रतिशत जनताले विद्युत सेवा प्राप्‍त गरिरहेको बताए । साथै उनले आगामि २ वर्ष भित्र सबै जनताकहाँ बिजुलीको पहुँच पुग्ने बताए ।

यस्तै, प्राधिकरणले कर्मचारीहरूको सेवासुविधा पनि वृद्धि गरेको छ । प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता बढाएर १५ हजार पुर्याएको छ ।

त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँ पुर्याइएको छ भने शैक्षिक अनुदान ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिँदै आएको दैविक प्रकोप अनुदान रु २० हजारबाट ४० हजार बनाईएको छ।

यस्तो छ घिसिङले पेश गरेको प्रतिवेदनको पूर्णपाठ:

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2023/08/कार्यकारी-निर्देशकको-वार्षिक-प्रतिवेदन-2080.pdf”]