५ आश्विन २०८१, शनिबार
,
Latest
सरकारले हरित जलवायु कोषजस्ता संयन्त्रहरूमार्फत जलवायु वित्तमा पहुँच बिस्तार गर्छः अर्थमन्त्री पौडेल सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल ढाका, ब्याङकक, जेनेभा र ब्रासिलियामा मनाइयो संविधान दिवस मुक्तिनाथमा दर्शनार्थीको घुइँचो तिलिचो ताल पुग्न नयाँ पदमार्ग ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’ संवैधानिक निकायका प्रमुखहरु प्रत्यक्ष निर्वाचित भएर आउने व्यवस्था गरौँः सिके राउत रविले अनैतिक र भ्रष्टाचारजन्य काम गरेका हुन् : शंकर पोखरेल आइएमई मोटर्स र रिलायन्स फाइनान्स बिच सत्तरी प्रतिशत सम्मको सवारी साधन फाइनान्सिगका लागि रणनीतिक साझेदारी
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलोपटक ब्याडमिन्टन एशियाको प्रतियोगिता हुँदै



अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक ब्याडमिन्टन एशियाको आयोजनाको रूपमा ब्याडमिन्टन एशिया (साउथ एशिया) रिजनल च्याम्पियनसिप हुने भएको छ ।

ब्याडमिन्टनको डेभलपिङ राष्ट्रहरूमा यस खेलको प्रवद्र्धन र प्रतिष्पर्धा गर्ने उद्देश्यअनुरूप एशिया ब्याडमिन्टनले यो कार्यक्रम नेपालमा आयोजना गरेको हो ।

नेपाल ब्याडमिन्टन संघले शुक्रवार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै आगामी भदौ १ गतेदेखि पाँच गतेसम्म यु–१५ र यु–१७ साउथ एशिया रिजनल च्याम्यिनसिपमा गर्ने जनाएको छे । उक्त च्याम्पियनसिपमा यु–१५ र यु–१७ उमेरसमूहमा दक्षिण एशियाका ६ डेभलपिङ राष्ट्र नेपालसहित भूटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश र पाकिस्तानका खेलाडीको चुनौति रहनेछ ।

प्रतियोगिता हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मुख्यालयमा रहेको एपिएफ क्लवमा हुनेछ । यस च्याम्पियनससिपमा यु–१५ तर्पm गल्र्स सिंगल्स, ब्वाइज सिंगल्स, ब्वाइज डबल्स, गल्र्स डबल्स र मिक्स गरी पाँच विधामा प्रतिष्पर्धा हुने नेपाल ब्याडमिन्टन संघले जनाएको छ । यु–१७ मा पनि गल्स सिंगल्स, ब्वाइज सिंगल्स, गल्र्स डबल्स, ब्वाइज डबल्स र मिक्समा प्रतिष्पर्धा हुनेछ । यी दुवै उमेर समूहमा टिम प्रतिष्पर्धा पनि हुने ब्याडमिन्टन संघले जनाएको छ ।

आयोजक नेपालबाहेक पाँच राष्ट्रबाट समान आठ खेलाडीले यस च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्न पाउने एशिया ब्याडमिन्टनकी ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले जानकारी दिनुभयो । आयोजक राष्ट्र भएकाले नेपालले भने १६ खेलाडीलाई खेलाउन पाउने भएको छ । ब्याडमिन्टन एशियाकी इभेन्ट म्यानेजर एनजी एन मुनले एशियामा रहेका ब्याडमिन्डनको अल्पविकसित राष्ट्रमा यस किसिमका कार्यक्रम शुरु गरिएको बताउनु भयो । व्यक्तिगत स्पर्धामा आयोजक राष्ट्रबाट तीन खेलाडीले एउटा स्पर्धामा प्रतिष्पर्धा गर्न पाउनेछन् । अन्य राष्ट्रका भने दुई खेलाडीको प्रतिष्पर्धा गर्न पाउने एशिया ब्याडमिन्टनले प्रावधान बनाएको छ । नेपालमा यो पहिलो रहेको र आगामी कार्यक्रम कम्बोडियामा हुने उनले उल्लेख गर्नुभयो ।

यस च्याम्पियनसिपबाट ओलम्पिक छात्रवृत्तिका लागि पनि छनोट गरिने एशिया ब्याडमिन्टनका सिनियर डेभलपमेण्ट म्यानेजर थानाबलान एरिकृष्णनले बताउनु भयो । यस कार्यक्रमबाट एशियाभरबाट २० जना छनोट हुने र जसमा प्रत्येक देशबाट समान एक गल्र्स र ब्वाइज समावेश हुने एरिकृष्णनले जानकारी दिनुभयो । छनोट भएका खेलाडीले ब्याडमिन्टनको पावरहाउसको रूपमा रहेको मलेसियामा अभ्यास गर्न पाउनेछन् । नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले यो कार्यक्रम शुरुमा पाकिस्तानमा हुन लागेको र आफ्नै आग्रहमा नेपालमा ल्याइएको उल्लेख गर्दै यो च्याम्पियनसिपबाट नेपाली खेलाडीले धेरै फाइदा लिने विश्वास व्यक्त गर्नुभयो ।