२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेद्वारा लेखा समितिको बैठक बहिष्कार



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेले नेतृत्व चयन नगरेको भन्दै लेखा समितिको बैठक बहिष्कार गरेको छ ।

आज दिउँसो १ बजे बोलाइएको बैठकमा संसदीय समितिको नेतृत्व चयनबारे असन्तुष्टि जनाउँदै बहिष्कार गरेको एमालेका सांसद योगेश भट्टराईले बताए ।

यस्तै, लेखा समितिका सदस्य तथा एमालेका अर्का सांसद गोकुल बास्कोटाले सत्तापक्षमै भागबन्डा नमिलेर आठ महिनासम्म नेतृत्व चयन नगरेको आरोप लगाए । उनले एमालेले भाग नमागेको भन्दै सत्तापक्षमै मिलाएर नेतृत्व टुंग्याउन सुझाव दिए । ‘ विपक्षीलाई कुनै समितिको नेतृत्व गर्न दिन मन नलागे नदिए हुन्छ । तर, समितिहरुलाई संसदको दुई सेसन सकिन लाग्दा पनि पंगु बनाउनु सत्ता पक्षको सर्वसत्तावादी सोचको चरम नमुना हो’, उनले भने ।

बैशाख दोस्रो साता समिति गठन भए पनि दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म नेतृत्व पाउन सकेको छैन ।

एमालेले बहिष्कार गरेसँगै कोरम नपुगेर आजको लेखा समितिको बैठक स्थगित गरिएको छ ।