१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन: ओली

नेपाल–भारतबीचको सम्बन्ध कसैले पनि बिगार्न सक्दैन: ओली
अ अ+ अ-

काठमाडौ. । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको मित्रतापूर्ण सम्बन्ध कसैले पनि बिगार्न नसक्ने बताउनुभएको छ ।

दुई मुलुकबीचको सम्बन्ध कहिले काहीँ केही कारणले सानातिना दरार भएपनि सम्बन्धलाई स्थायी रुपमा सधैँका लागि कसैले पनि बिगार्न नसक्ने अध्यक्ष ओलीको बुझाई थियो । नेपाल–भारतमैत्री समाजले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले दुई मुलुकबीचको सम्बन्धलाई खटपट हुन दिनु वाञ्छनीय नहुने पनि स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले दुई मुलुकबीच देखिएका विद्यमान समस्या खुलस्त कुराकानी गरेर समाधान गर्नुपर्ने पनि दोहोर्‍याउनु भयो ।

उहाँले दुई मुलुकबीच सँगसँगै हिँड्नुको विकल्प नरहेको स्मरण गराउँदै केही समस्याहरु भए समाधान गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले न्याय र अन्तराष्ट्रिय उत्तरदायित्वलाई केन्द्रमा राखेर दुई मुलुकले आफ्नो सम्बन्धलाई अगाडि बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले धेरै ठाउँ भन्ने गरेको छु–राष्ट्रिय हीत हरेक देशले सोच्छ । राष्ट्रिय हीत सोच्दाखेरी न्याय र अन्तर्राष्ट्रिय उत्तरदायित्व, राष्ट्रिय हीतको पक्षपोषण गरिरहँदा, कुराकानी गरिरहँदाखेरी जष्टिस र इन्टरनेशनल अब्लिगेशन दुई वटा कुरालाई सँगसँगै राखिएन भने त्यो अन्धराष्ट्रवाद हुन्छ । आफ्नो हित गर्ने, अरुको हित जेसुकै होस् । आफ्नो हीत गर्ने, न्याय जहाँसुकै परोस् । त्यस्तो होइन । हामी सदैव न्यायको पक्षमा छौं । हामी सदैव समानताको पक्षमा छौं । पारस्पारिक लाभ र सम्मानको पक्षमा छौं । र, सम्बन्धलाई साँच्चैको मित्रताको रुपमा अगाडि बढाउन चाहन्छौं ।

हाम्रो परम्परा के हो भने कृष्ण र सुदामा भेट हुँदा को राजा महाराजा, को गरिव ? को कृष्ण, को सुदामा ? त्यो भेद रहेन । दुवैले अंकमाल गरेँ । हो, त्यो प्रकारको पे्रmन्सिप हुन्छ । त यहाँनिर प्रश्न कृष्ण र सुदामाको छैन । हाम्रा बीचको सम्बन्ध त अत्यन्त पुराना मित्रहरुको हो । प्रकृतिले दिएका मित्रहरु, इतिहासले बनाएका मित्रहरु र मैले कतिपय ठाउँमा भन्ने गर्छु–नेपाल र भारत बीचको सम्बन्ध कहिलेकहिले, कुनैकुनै कारणले, थोरैतिनो घचपच भएपनि यस सम्बन्धलाई स्थायी रुपमा सधैंका लागि कसैले पनि बिगार्न सक्दैन । किनभने यो प्रकृतिले बाँधेको सम्बन्ध हो । यो समाजले बनाएको सम्बन्ध हो । यो इतिहासले बनाएको सम्बन्ध हो ।

यो कसैले निर्माण गरेको भन्दा, कुनै राज्यले निर्माण गरेको भन्दा, त्यसभन्दा अगाडिको सम्बन्ध हो । त्यसकारण यो बिगार्नै नसक्ने खालको सम्बन्ध हो । अव यसलाई खटपट हुन दिनु वाञ्छनीय हुँदैन । तसर्थ, हामी २१ औं शताब्दीमा छौं । पारस्पारिक सहयोग, साथ, पारस्पारिक लाभको आधारमा एक अर्कालाई सर्पोट गर्ने कुरा र एक अर्काको सम्मानका साथ हामी हरेकको, हरेकलाई स्वाधिनता प्यारो हुन्छ भन्ने कुरा बुझेर नै हामी एकअर्कालाई मद्दत पनि गर्छौ । म जे चाहन्छु, अर्कोले त्यही चाहन्छ भन्ने कुरा हृदयङ्गम गरेर, आफू जस्तो चाहन्छ, अर्कोले पनि त्यही चाहन्छ भन्ने कुरालाई हृदयङ्गम गरेर नै हामी अगाडि बढछौं ।

भारतले असाधारण प्रगति गरेको छ । यही ७६ वर्षको बीचमा । र, यी ७६ वर्षहरुमा उपनिवेष भएका बखत गरिव हुनु, भोकमरी हुनु, भोकानांगाको ठाउँ हुनु एउटा कुरा हो । भारत प्रकृतिको हिसावले गरम ठाउँ भएको हुनाले कपडाको त्यतिधेरै चिन्ता हुँदैन । थोरै कपडाले पुग्छ । र भोको हुनुको पीडा त जहाँ पनि उत्तिकै हुन्छ नि । त्यसकारण यो भोकमरीको पीडा, गरिवीको पीडा, पछौटेपनको पीडा कसरी आएको थियो भन्दा लुटिएर । मैले भन्ने गर्छु–अहिले विभिन्न देशहरु भए । पहिले त यसलाई हिमवत खण्ड भनिन्थ्यो । त्यो हिमवत खण्ड असाधारण प्रगतिमा थियो । यहीबाट अनेक ज्ञानको सुरुवात अनेक कुराहरुको सूूरुवात यहीबाट भएको थियो । हामी छिमेकी हौं । र, मित्र हौं । भारत हाम्रो मित्र हो । पहिलो कुरा हामीले यो बुझ्नु पर्‍यो–भारत मित्र हो ।

त्यसकारण लागेको कुनै समस्या भने भारतसँग हामीले खुलस्त भन्नु पर्‍यो । पूर्ववक्ता मित्रले भन्नु भएको थियो–भारतको विरोध गर्नु राष्ट्रवाद होइन । र, भारतको, कसैको पनि नाजायज ढंगले समर्थन, नाजायज ढंगको विरोध, मतभेद हुन सक्दछ । आफ्ना जायज इन्ट्रेष्टमा । त्यो कुरा खुलस्त छलफल गरेर समाधान गर्नु पर्छ । आफ्नो राष्ट्रिय हितलाई, जायज राष्ट्रिय हितलाई मर्कापर्नेगरी विषय छोडनु र राष्ट्रले मर्का खप्नु पनि आवश्यक छैन । एउटा मित्रसँग हामीले किन मर्का खप्नुपरेको छ ? किन हामीले असमानता व्यहोर्नुपरेको छ र ? त्यो आवश्यक नै छैन । त्यसकारण हामीले खुलस्त कुरा गर्नु पर्छ । र, अर्को कुरा हामीले हामीसँगै छौं । सँगै बाँच्नु छ, सँगै मर्नु छ । हामी त सँगै बस्नु छ । सँगै विकास गर्नुछ । सँगै अगाडि बढ्नु छ ।

मुख्यकुरा पारस्पारिक लाभ, पारस्पारिक सम्मान, पारस्पारिक सहयोग र पारस्पारिक सहयोग र सम्मान यो चिजको सन्तुलन आवश्यक छ । यसको आधारमा हामी अगाडि बढ्छौं । बढनुपर्छ । र, हामीसँगै हिँड्नु त छँदैछ । सँगै हिँड्नु त अनिवार्य शर्त हो । यसको कुनै विकल्प छैन । त्यसकारण समस्याहरु छन् भने समाधान गर्दै अगाडि बढ्नुपर्छ ।’

त्यस अवसरमा अध्यक्ष ओलीले भारतले ठूलाठूला प्रगति गरेको उल्लेख गर्दै खुशी समेत व्यक्त गर्नुभयो ।