९ आश्विन २०८१, बुधबार
,
Latest
हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ उपप्रधानमन्त्री पौडैल र चीनका समकक्षी हि लिफेङबीच बेइजिङमा भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्यो: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताउनु भयो । उहाँले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताउनु भयो ।

उहाँले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको दाबी उल्लेख गर्नुभयो । उहाँलेउद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताउनु भयो। उहाँले अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने बताउनु भयो। उहाँले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाइदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले निजी क्षेत्र अघि बढ्न खोज्दा खेरी समयअनकुल निजी क्षेत्रलाई अगाडि बढ्नको लागि सरकारले अनकुलता प्रदान गरेन । जब उद्योग व्यवसाय संकटमा हुन्छन् । त्यतिबेला सरकार चाहिने हो । सजिलो भएको बेला सरकार किन चाहिन्छ । तर उद्योग र कारोबार बचाउनुपर्ने बेलामा सरकारको सहयोग चाहिन्छ । अहिले निजी क्षेत्रले भोगि रहनुभएको छ । कर्जा लिनुहुन्छ । कर्जा भुक्तानी गर्ने समय सरकारले बढाउनु पर्छ । कतिपय बैंकिङ क्षेत्रमा पनि हुनुहुन्छ होला । बैंकहरुले पनि आफूले सुधार गर्नुपर्ने देखियो । बैंक साउजी मात्रै होइन । उद्योगीहरुको सहयोगी हो । उद्योगी भनेको आसामी मात्रै होइन । उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने थिएन । उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाई दिएको छ । बैंकले आफूलाई मात्रै हेर्ने होइन अफ्ठ्यारोमा परेका उद्योगीहरुलाई ऋण तिर्न सक्दिन भन्ने अवस्थामा पुगेको उद्योगलाई थप ऋण दिएर ऋण तिर्नसक्ने अवस्थामा पुर्‍याउनु पर्छ । त्यसका निम्ति सरकारले नीतिगत र व्यवहारीक रुपमा सहजिकरण गर्ने काम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताउनु भयो । उहाँले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताउनु भयो । उहाँले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताउनु भयो । सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी भइरहेको बताउनु भयो । उहाँले सुन कुबाटोबाट भनै धेरै बगिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानी कर्ताको खोजि हुन नसकेको बताउनु भयो । उहाँले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताउनु भयो । उहाँले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाउनु भयो ।