१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्यो: अध्यक्ष ओली

उच्चस्तरीय आयोग नबनाएर सरकारले एक क्विन्टल सुन ६० किलोमा झार्यो: अध्यक्ष ओली
अ अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरु बैंकका आसामी मात्रै नभएकाले बैंकहरु साहुजीजस्तो नभइ उद्योगीको सहयोगी हुनुपर्ने बताउनुभएको छ ।

नेकपा एमाले उद्योग वाणिज्य तथा आपूर्ति विभागले बुधवार आयोजना गरेको ‘वर्तमान आर्थिक अवस्था समस्या र समाधान बिषयक कार्यक्रम’मा अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले नेपालका बैंकहरुले आफूलाई सुधार गर्नुपर्ने अवस्था देखिएको बताउनु भयो । उहाँले बैंक र उद्योगीहरुबीच साहु र ऋणीजस्तो सम्बन्ध हुन नहुने बताउनु भयो ।

उहाँले उद्योग समस्यामा परेको खण्डमा बैंकले थप ऋण दिएर माथि उठाउन सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले पुष्पकमल दाहाल नेतृत्वको सरकार उद्योगी व्यवसायीहरुको लागि असहयोगी भएको दाबी उल्लेख गर्नुभयो । उहाँलेउद्योग बन्द हुँदा व्यवसायीहरु अफ्ठ्यारोमा पर्दा सरकारले ध्यान नदिएको बताउनु भयो। उहाँले अहिलेको समयमा उद्योगी व्यवसायी समस्यामा परेकाले ऋण तिर्ने समय बढाएर सरकारले सहजीकरण गर्नुपर्ने बताउनु भयो। उहाँले उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने अवस्था नभएको भन्दै उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाइदिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अहिले निजी क्षेत्र अघि बढ्न खोज्दा खेरी समयअनकुल निजी क्षेत्रलाई अगाडि बढ्नको लागि सरकारले अनकुलता प्रदान गरेन । जब उद्योग व्यवसाय संकटमा हुन्छन् । त्यतिबेला सरकार चाहिने हो । सजिलो भएको बेला सरकार किन चाहिन्छ । तर उद्योग र कारोबार बचाउनुपर्ने बेलामा सरकारको सहयोग चाहिन्छ । अहिले निजी क्षेत्रले भोगि रहनुभएको छ । कर्जा लिनुहुन्छ । कर्जा भुक्तानी गर्ने समय सरकारले बढाउनु पर्छ । कतिपय बैंकिङ क्षेत्रमा पनि हुनुहुन्छ होला । बैंकहरुले पनि आफूले सुधार गर्नुपर्ने देखियो । बैंक साउजी मात्रै होइन । उद्योगीहरुको सहयोगी हो । उद्योगी भनेको आसामी मात्रै होइन । उद्योगी व्यवसायी नभएर बैंकको व्यवसाय चल्ने थिएन । उद्योगी व्यवसायीहरुले बैंकको कारोबार चलाई दिएको छ । बैंकले आफूलाई मात्रै हेर्ने होइन अफ्ठ्यारोमा परेका उद्योगीहरुलाई ऋण तिर्न सक्दिन भन्ने अवस्थामा पुगेको उद्योगलाई थप ऋण दिएर ऋण तिर्नसक्ने अवस्थामा पुर्‍याउनु पर्छ । त्यसका निम्ति सरकारले नीतिगत र व्यवहारीक रुपमा सहजिकरण गर्ने काम गर्नुपर्छ ।’

अध्यक्ष ओलीले सुन तस्करी प्रकरणमा निष्पक्ष छानबिन गर्ने आयोग बनाउन नदिएर सरकारले गरेको काम भनेको सय किलोबाट ६१ किलोमा झार्नु रहेको बताउनु भयो । उहाँले आयोग बन्न नदिएर सरकारले सुन तस्करी प्रकरणमा अहिलेसम्म गरेको सफलता भनेको सयबाट ६१ मा झार्नु रहेको बताउनु भयो । उहाँले उच्चस्तरीय निष्पक्ष आयोग बन्न नदिँदा पक्राउ परेको सुन घट्दै गइरहेको बताउनु भयो । सरकारले अरु अनेक आइटममा समेत चोरी पैठारी भइरहेको बताउनु भयो । उहाँले सुन कुबाटोबाट भनै धेरै बगिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले ३३ किलो सुन आउँदासमेत त्यसको लगानी कर्ताको खोजि हुन नसकेको बताउनु भयो । उहाँले निष्पक्ष आयोग नबनाएर सरकारले सुन तस्कर गरिरहेको बताउनु भयो । उहाँले आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धानका लागि ६० दिन मागेको र आफूले ६० दिनसम्म सबै मिलाइसक्नुहुन्छ ? भन्ने प्रश्न गरेको बताउनु भयो । उहाँले प्रधानमन्त्रीले सुन तस्करी लुकाउनका लागि ६० दिनको समय माग गरेको आरोप लगाउनु भयो ।