काठमाडौँ । यातायात व्यवस्था विभागले डिजेलको मूल्य बढेपछि अन्तरप्रदेश चल्ने सवारी साधनको भाडादर पनि समायोजन गरेको छ ।
डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेपछि विभागले अन्तरप्रदेश चल्ने सवारीको भाडा ४.७० प्रतिशतले बढाएर मूल्य समायोजन गरेको हो ।
नयाँ भाडादर बुधबारदेखि नै लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ । यात्रुवाहक सवारीका साधनको भाडादर ४.७०, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.१५ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडादर ६.८३ प्रतिशतले वृद्धि गरिएको छ ।
नेपाल आयल निगमको सञ्चालक समितिको मंगलबार बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर रु १४ र पेट्रोल प्रतिलिटरमा रु पाँचले बढाएर मूल्य समायोजन गरेको थियो ।
ec2f5343-b777-4992-8172-01bff074ad56_1