६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

भियतनामी नागरिकहरु लुम्बिनी र सगरमाथा आउन इच्छुक छन्: राजदुत हाइ

भियतनामी नागरिकहरु लुम्बिनी र सगरमाथा आउन इच्छुक छन्: राजदुत हाइ
अ+ अ-

काठमाडौँ । नेपालका लागि भियतनामी राजदुत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताउनुभएको छ ।

बुधवार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदुत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत हाइले यस्तो बताउनुभएको हो ।

राजदुत हाइले भियतनामीहरु नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बीनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरु रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरुले प्रोत्साहन गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो।

उहाँले नेपाल–भियतनाम कुटनीतिक सम्बन्ध राम्रो रहेको बताउनु भयो । उहाँले नेपाल–भियतनामको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल बिस्तार गर्न भियतनाम सकारात्मक रहेको बताउनु भयो। उहाँले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिषाका समस्या रहेको बताउनु भयो। उहाँले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्नसके सहज हुने बताउनु भयो।

भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदुत हाइलाई आग्रह गर्नुभयो । उहाँले नेपाल–भियतनाम सम्बन्ध थप बिस्तार तथा पर्यटन प्रवद्र्धन गर्न दुवै देशबीच सिधा उडान आवश्यक रहेको बताउनु भयो। उहाँले लुम्बिनी–भियतनाम सिधा उडान गर्नसके बुद्धिस्ट सर्किट बिस्तारमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपाल र भियतनाम दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदानप्रदान हुन आवश्यक रहेको बताउनु भयो ।