५ आश्विन २०८१, शनिबार
,
Latest
अमेरिकामा नेपाली कलाकार सम्मानित ममता बेपत्ता मुद्दामा नरेशलाई धरौटीमा रिहा गर्न अदालतद्वारा अस्वीकार इन्द्रजात्रा: रथ तान्दै महिला-फोटो फिचर एन्फा महिला लिगमा पुलिस र संकटा विजयी असोज १२ मा काठमाडौं म्याराथनको १६ औं संस्करण परराष्ट्रमन्त्री डा राणा र रोमानियाली विदेशमन्त्रीबीच भेटवार्ता काँग्रेसले युवा पुस्तालाई नेतृत्वमा ल्याउनुपर्छः डा. शशांक कोईराला अबको निर्वाचनबाट एमाले निर्णायक शक्ति बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी देउवाको दाबीः काँग्रेस–एमाले गठबन्धनबाट जनता खुशी र आनन्दित छन् देशलाई आर्थिक सङ्कटबाट जोगाउन कांग्रेस–एमालेको सरकार बनेको होः सञ्चारमन्त्री गुरुङ
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भियतनामी नागरिकहरु लुम्बिनी र सगरमाथा आउन इच्छुक छन्: राजदुत हाइ



अ+ अ-

काठमाडौँ । नेपालका लागि भियतनामी राजदुत न्गुयेन थान हाइले भियतनामीहरू लुम्बिनी र सगरमाथा आउन इच्छुक रहेको बताउनुभएको छ ।

बुधवार नेपाल–भियतनाम चेम्बर अफ कमर्सले राजदुत हाइको स्वागतका लागि आयोजना गरेको कार्यक्रममा बोल्दै राजदुत हाइले यस्तो बताउनुभएको हो ।

राजदुत हाइले भियतनामीहरु नेपालको लुम्बिनी मात्रै नभएर गौतम बुद्धको जन्मभूमि लुम्बीनी तथा अन्य पर्यटकीय क्षेत्रमा आउन इच्छुक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा धेरै पर्यटकीय गन्तव्यहरु रहेको भन्दै नेपालका ट्राभल एजेन्सीहरुले प्रोत्साहन गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले नेपालमा पर्यटनको ठूलो सम्भावनाको क्षेत्र भएकाले दुई देशले पर्यटन प्रवद्र्धनका लागि सम्पर्क सञ्जाल बिस्तार गर्न आवश्यक रहेको बताउनु भयो।

उहाँले नेपाल–भियतनाम कुटनीतिक सम्बन्ध राम्रो रहेको बताउनु भयो । उहाँले नेपाल–भियतनामको आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल बिस्तार गर्न भियतनाम सकारात्मक रहेको बताउनु भयो। उहाँले नेपाल र भियतनाम दुवै देशबीच सिधा उडान गर्ने विषय भिषाका समस्या रहेको बताउनु भयो। उहाँले भियतनामले विद्युतीय भिसा जारी गर्ने प्रणाली ल्याएकाले सहज भएको भन्दै नेपालले पनि विद्युतीय भिसा प्रणाली लागू गर्नसके सहज हुने बताउनु भयो।

भियतनामका लागि कन्सुलर राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी–भियतनाम सिधा उडान पहल गरिदिन राजदुत हाइलाई आग्रह गर्नुभयो । उहाँले नेपाल–भियतनाम सम्बन्ध थप बिस्तार तथा पर्यटन प्रवद्र्धन गर्न दुवै देशबीच सिधा उडान आवश्यक रहेको बताउनु भयो। उहाँले लुम्बिनी–भियतनाम सिधा उडान गर्नसके बुद्धिस्ट सर्किट बिस्तारमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

उहाँले नेपाल र भियतनाम दुवै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्ध लगायत क्षेत्रमा सहयोग आदानप्रदान हुन आवश्यक रहेको बताउनु भयो ।