२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनशनरत व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्न आयोगको आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत व्यक्तिहरुको मानव अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।

विगत लामो समयदेखि काठमाडौँस्थित माइतिघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनशनमा रहेका व्यक्तिहरुको मानव अधिकार अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको जनाएको हो ।

निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न, दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनसरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न आयोग सरकारलाई आयोगले आग्रह गरेको छ ।

यस्तै आयोगले अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेको जनाउँदै दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय रहेको बताएको छ ।

आयोगका प्रवक्ताम टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ – विगत लामो समयदेखि काठमाडौँस्थित माइतिघर मण्डलामा दोषीलाई कानुनी कारबाहीको माग राखी निरन्तर अनशनमा रहेका व्यक्तिहरुको मानव अधिकार अवस्थाप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगले निरन्तर अनुगमन गरिरहेको छ ।

धनुषाकी आरति साहको मृत्युको घटनाका दोषीलाई शीघ्र कारवाही हुनुपर्ने माग राखी करिब दुई महिनादेखि मृतक साहका आफन्तहरू र वैवाहिक बलात्कारको आरोपका दोषीलाई प्रभावकारी कारवाहीको माग गर्दै आरति रावल अनशन बसीरहेको, वर्षात्को समयमा निरन्तर अनशनमा बसेका कारण अनशनरत व्यक्तिहरूको स्वास्थ्य र दैनिक खानपानमा समेत समस्या भएको अनुगमनको क्रममा पाइएको छ । अनशरत पक्षहरूको माग सम्बोधनका लागि हालसम्म सरकारका निकायबाट कुनै पनि पहल नभएको पीडितहरूको गुनासो रहेकोे छ । दोषीलाई कानुनी कारबाहीको मागको विषय न्याय र मानव अधिकारसँग प्रत्यक्ष सरोकारको विषय हो ।

अतः निरन्तर अनशनका कारण व्यक्तिको स्वास्थ्यमा पर्नसक्ने जोखिमप्रति संवेदनशील हुँदै संवादको माध्यमबाट समस्याको समाधान गर्न, दुवै पक्षको मागको न्यायोचित सम्बोधन गरी अनसरत व्यक्तिहरूको मानव अधिकारको रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।