३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

घरबास प्रवर्द्धनको माध्यम बन्दै ‘रुद्रमानस्मृति उद्यान’

घरबास प्रवर्द्धनको माध्यम बन्दै ‘रुद्रमानस्मृति उद्यान’
अ+ अ-

बागलुङ । जिल्लाको पर्यटकीय गाउँ भकुण्डेमा घरबास पर्यटन सुरु भएको एक दशक हुन लाग्यो । जिल्लाकै पहिलो सामुदायिक घरबासको रुपमा स्थापित अतिथि सत्कार घरबासको प्रवर्द्धनमा अहिले क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा निर्माण भइरहेको उद्यान सहयोगी बन्दै आएको छ ।

यहाँ गुरुङलाई ग्रामीण पर्यटनका पिता भनेर चिनिने गरिन्छ । घरबास प्रवर्द्धनका लागि चार वर्ष अघिदेखि निर्माण थालिएको रुद्रमान गुरुङ स्मृति उद्यानमा अहिले सम्म रु ३९ लाखको पूर्वाधार निर्माण भइसकेको छ । यसका लागि मूलाबारी भ्युटावर, सङ्ग्रहालयसँगै उद्यान निर्माण गरेपछि घरबासमा आउने पर्यटकसमेत वृद्धि भएका छन् ।

घरबासको खानाका परिकारले मात्रै पाहुना आर्कषित नहुने जनाउँदै पर्यटक रमाउने र घरबासका परिकल्पनाकारको सम्मान गर्न उद्यान निर्माण थालिएको हो । अहिले आधारभूत पूर्वाधार निर्माण भएको उद्यान निर्माण समितिका सल्लाहकार खिमबहादुर थापाले जानकारी दिनुभयो ।

“गण्डकी प्रदेश सरकारले चारवर्ष अघि प्रदेशका सामुदायिक घरबासलाई रु १० लाखका दरले पूर्वाधार निर्माणमा अनुदान दिने भन्यो, हामीले घरबासलाई दीर्घकालीन रुपमा फाइदा पुर्याउन के गर्न सक्छौँ भन्ने विषयमा छलफल चलाइयो, निष्कर्षमा उद्यान निर्माण गर्ने भनेर डिपिआर बनाइयो” उहाँले भन्नुभयो “उद्यान नामाकरण समेत ग्रामीण पर्यटनसँग जोडिने गरी राख्ने विषयमा नेपालमा घरबास सञ्चालनको परिकल्पनाकार रुद्रमान गुरुङको नाममा उद्यान निर्माण गर्ने भनेर १० रोपनी सार्वजनिक जग्गालाई व्यवस्थित बनाउन थालिएको थियो, अहिले उद्यानको आकार र अत्यावश्यक पूर्वाधार निर्माण भइसकेको छ ।”

सल्लाहकार थापाका अनुसार १० रोपनी जग्गामा फैलिएको उद्यानको तारबार, दुई तर्फ प्रवेशद्वार, सार्वजनिक भवन, खानेपानी शौचालय सहित क्याप्टेन रुद्रमान गुरुङको सालिक स्थापना भइसकेको छ । उद्यान निर्माणमा चारवर्ष अघि पर्यटन मन्त्रालयको घरबास प्रवर्द्धन कार्यक्रम अन्तर्गत रु १० लाख, दुई आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालय अन्तर्गत रु २० लाख र बागलुङ नगरपालिकाको रु चार लाख गरी रु ३४ लाख खर्च भइसकेको छ ।

यस्तै स्थानीय, सरोकारवाला निकाय र पर्यटन व्यवसायीले उद्यान निर्माणमा झण्डै पाँच लाख चन्दा सहयोग गरेको रकमसहित उद्यान निर्माणमा रु ३९ लाख खर्च भइसकेको छ ।

उद्यान निर्माणमा स्थानीयवासीलेसमेत समय–समयमा श्रमदान गर्दै आउनुभएका उहाँको भनाइ छ । विस्तृत अध्ययन प्रतिवेदन अनुसार उद्यानले पूर्णता पाउन रु तीन करोड लाग्ने जनाइएको भए पनि उद्यान सञ्चालनका लागि आधारभूत पूर्वाधार निर्माणमा अझै रु ५० लाख खर्च गर्न आवश्यक रहेको निर्माण समितिका सल्लाहकार थापाको भनाइ छ ।

दश रोपनी जग्गामा फैलिएको उद्यानको चार रोपनी जग्गामा फलफूल बगैँचा, एक रोपनी जग्गामा फूल बगँैचा र दुई रोपनी जग्गामा बालबालिका उद्यान निर्माण गर्ने लक्ष्य लिइएको बागलुङ जिल्लाको पहिलो घरबास अतिथि सत्कार सामुदायिक घरबासका अध्यक्ष मुना थापाले बताउनुभयो । उहाँले उद्यान सञ्चालनखर्च उद्यानबाटै उठाउने गरी फलफूललाई समेत आम्दानीको स्रोत बनाउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

बागलुङ–१० भकुण्डेमा रहेको अतिथि सत्कार घरबासले चारवर्ष अघिदेखि उद्यान निर्माण सुरुआत गरिएकोे थियो । घरबासका मुना थापाका अनुसार गुरुङको शालिकसहितको उद्यान निर्माणले ग्रामीण पर्यटन फष्टाउँदै घरबासमा आउने पर्यटकको बसाइँ लम्बाउन सकिने बताउनुभयो ।

“ग्रामीण पर्यटनका पिता क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा उद्यान बनाउनु हामी पर्यटन व्यवसायीको दायित्व हो भने उहाँको नाम र उद्यानले समग्र भकुण्डेको पर्यटन व्यवसाय फष्ठाउने छ” उहाँले भन्नुभयो, “घरबासकै पहल र सक्रियतामा यहाँ उद्यान बन्दैछ केही वर्षमै उक्त उद्यान जिल्लाकै नमूना उद्यान बन्ने छ, घरबासमा आएका पर्यटकहरुलाई भ्यूटावर, सङ्ग्रहालय, बराह तालसँगै उद्यानले पर्यटकहरुको बसाइँ लम्बाउन सहयोग पुग्ने हाम्रो अपेक्षा हो ।”

उद्यानमा पर्यटनसँग सम्बन्धित खोज र अनुसान्धानका सामग्रीसमेत रहने छ । अहिले घरबासमा आन्तरिकसँगै विदेशी पर्यटकसमेत आउन थालिसकेका छन् । अष्ट्रेलियन नागरिक टमी र भूतपूर्व गोरखा सेनाका अवकाश प्राप्त लाहुरे क्या रुद्रमान गुरुङको प्रयासमा विसं २०५४ असोजदेखि स्याङ्जाको सिरुबारी नेपालको पहिलो ग्रामीण पर्यटन गाउँ भएको थियो । उहाँकै अवधारणमा नेपालमा घरबास पर्यटन थालिएको भन्दै जिल्लाकै पहिलो घरबास नजिकै उहाँकै सम्झनामा वृहत पार्क निर्माण भइरहदा पर्यटक आर्कषित हुनेछन् ।

जिल्लाकै पहिलो घरबासका रुपमा स्थापना भएको अतिथि सत्कार घरबास अहिले भकुण्डे गाउँको ८ घरमा सञ्चालित छ । घरबासमा एकै रात ५० जना पहुँना राख्न सकिने छ भने घरबासमा पछिल्लो पटक पहुँनाको रोजाइँ अनुसारको सेवा सुविधा दिइँदै आएको छ । सुरुमा सामान्य व्यवस्थापनमा सञ्चालित घरबासले पछिल्लो समय आफ्नो सेवा सुविधा थप्दै गएका छन् ।

घरबासमा अर्गानिक स्वादिष्ट खानाका परिकार, मनोरम प्राकृतिक दृश्याअवलोकन तथा तालहरुले मनै लोभ्याउने त्यहाँ पुगेका पर्यटकले बताउँदै आएका छन् । भकुण्डेको शिरमा हीरा ताल र तल बराहताल रहेका छन् ।

स्थानीय उत्पादनको स्वादको मज्जा लिन, हिमशृङ्खलाको मनोरम दृश्य हेर्न, बिदा समयको सदुपयोग गर्दै प्राकृतिसँग रमाउन आन्तरिक पर्यटक घरबाससम्म पुग्ने गरेका छन् । घरबासमा कोदोको सेल रोटी, आलुको परिकार, गुन्द्रुकको परिकार लगायतको अर्गानिक स्वाद लिन सकिने छ । रासस