४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला

प्रयोगमा आएन भोजपुरको सुविधा सम्पन्न रङ्गशाला
अ+ अ-

टक्सार । तत्कालीन जिल्ला विकास समितिले रङ्गशाला निर्माणका लागि करिब १६ वर्ष पहिला जग्गा खरिद गर्‍यो, तर सो जग्गा केही वर्ष अघिसम्म गौचरण जस्तै थियो । अहिले सो जग्गामा सुविधा सम्पन्न रङ्गशाला निर्माण भएको भए पनि प्रयोगमा आउन सकेको छैन ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा जिल्लामा हुने सानादेखि ठूला प्रतियोगिता सञ्चालन भइरहेको अवस्थामा सुविधा सम्पन्न रङ्गशाला बनेपछि सहजता होला भनिए पनि रङ्गशालाको स्वामित्व कसले लिएर सञ्चालन गर्ने विषय टुङ्गो नलाग्दा समस्या देखिएको भोजपुर जिल्ला फुटबल सङ्घका महासचिव सफल किरातले बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेश सरकारको लगानीमा बनेको रङ्गशाला प्रयोगमा ल्याउने विषयमा टुङ्गो लाग्न सकेन, यस विषयमा सर्वपक्षीय बैठकको जरुरी देखिएको छ ।”

प्रदेश सरकारको रु १४ करोड पाँच लाखको लागतमा निर्माण भएको रङ्गशालाको निर्माण कार्य भइसकेको छ । रायमाझी मार्सेली निर्माण जेभीले रङ्गशाला निर्माण गरेको हो । करिब पाँच हजार दर्शक अट्न सक्ने क्षमताको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माणले भोजपुरवासी तथा खेलाडीमा उत्साह जगाएको भए पनि त्यो निराशामा परिणत भएको स्थानीयवासी सुवेन्द्र महतले बताउनुभयो ।

सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता भइरहेको अवस्थामा रङ्गशालाको निर्माणले खेलमैदानको समस्या दीर्घकालीन रूपमा समाधान भएको भए पनि सञ्चालनका विषयमा कसैले पहल नगर्दा समस्या देखिएको महतको भनाइ छ ।

“रङ्गशाला निर्माणका लागि कृषियोग्य जमिन मासिएको छ, राज्यको करोडौँ लगानीमा निर्माण भएको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला लथालिङ्ग अवस्थामा छाड्नु कतिको जायज हुन्छ ?”, उहाँले भन्नुभयो, “निर्माण सम्पन्न पश्चात पनि अस्तव्यस्त नै छाड्ने भए खेतीयोग्य जग्गा बिगारेर निर्माण गर्नुको औचित्य के छ ?”

रङ्गशालाको अभावमा प्रतियोगिता सञ्चालनमा समस्या देखिएको अवस्थामा रङ्गशाला निर्माण भएको उल्लेख गर्दै खेल अभियन्ता विनम श्रेष्ठले भन्नुभयो, “खेलमैदान सानो हँुदा ११ जना खेलाडीले खेल्न पाउने फुटबल पनि नौ जनालाई मात्र खेलाउनुपर्ने अवस्था छ, करोडौँका लागतमा बनेको रङ्गाशाला प्रयोगमा ल्याउने विषयमा पनि कसैको चासो छैन ।”

स्थानीय युवा तुफान किरातले भन्नुभयो, “जुन प्रयोजनका लागि जग्गा खरिद भएको हो, त्यसमा रङ्गशाला निर्माण पनि भएको छ, अब सञ्चालनको वातावरण कसले मिलाउने हो ?” विभिन्न निकायमा रङ्गशाला प्रयोगका विषयमा कुरा उठाउँदा सुनुवाइ नभएको किरातको गुनासो छ ।

उचित भौतिक संरचनाको निर्माण कार्य नहुँदा यहाँका खेलाडी सदरमुकाममा रहेको स्थानीय टुँडिखेलको सानो मैदानमा प्रतियोगिता खेल्न बाध्य बनेका थिए । नेपाललाई चिनाउने अल्ट्रा धाविका मीरा राई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सामेल भएका ब्याडमिन्टन खेलाडी विकास श्रेष्ठ, नक्सलदेवी तामाङ, सरादेवी तामाङलगायतका खेलाडी भोजपुरका नै भएको अवस्थामा जिल्लामा व्यवस्थित रङ्गशालाको भने अभाव थियो ।

भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले प्रदेश र स्थानीय सरकारको सहयोगमा खेलकुदका संरचना जिल्लामा निर्माण हुने क्रम बढेको बताउनुभयो । सुवालले बनेका संरचना सञ्चालनमा आउने र बन्न बाँकी संरचना सक्ने अभियानमा सरोकारवालाको ध्यान जान जरुरी देखिएको बताउनुभयो । रासस