५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा भारतीय दुतावासले मनायो ७७ औं स्वतन्त्रता दिवस



अ+ अ-

काठमाडौँ । नेपालस्थित भारतीय दुतावासले आफ्नो ७७ औं स्वतन्त्रता दिवस मनाएको छ ।

मंगलवार काठमाडौंस्थित भारतीय राजदुतावासमा ७७ औं स्वतन्त्रता दिवस विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको हो । स्वतन्त्रता दिवसको सो अवसरमा भारत सरकारको तर्फबाट दुतावासले भारतीय झण्डा फहराएर कार्यक्रम शुरु गरेको थियो ।

कार्यक्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश भिडियोको माध्यमबाट प्रश्तुत गरिएको थियो । कार्यक्रममा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीका परिवारलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई भारत सरकारको तर्फबाट भारतीय स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त गरेकाहरुको सम्मानमा गीत, संगीत र नाच प्रश्तुत गरिएको थियो ।

स्वतन्त्रता आन्दोलनमा वीरगति प्राप्त नेपाली परिवारलाई आर्थिक सहयोगसहित खाद्यान्न, कपडाहरु पनि वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले २०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पूरा हुने सो समयसम्म भरत अमृतकालको रुपमा मनाउने र भारतलाई आत्मनिर्भर बनाउनेमा जोड दिने बताउनु भयो । उहाँले स्वतन्त्रता दिवसको अवसरमा भारत र नेपालबीचको सम्बन्ध अझै प्रगाढ बनाउँदै जाने संकल्प लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०४७ मा भारत स्वतन्त्र भएको सय वर्ष पुग्नेछ । सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पूर्णत: विक्षित देश बनाउने लक्ष्य लिनुभएको छ । आगामी २५ वर्षमा अमृतकालको समय बनाएर पूर्ण रुपमा आत्मनिर्भर भारत बनाएर जुन संकल्प लिनुभएको छ, त्यसलाई हासिल गर्न आफ्नो तर्फबाट योगदान दिनुपर्छ । हाम्रो देशमा विश्वको सबैभन्दा ठूलो लोकतन्त्र छ । सबै गणतान्त्रिक देशका लागि भारत एक बहुसांस्कृतिक देश हो । भारत र नेपालको बीचमा गहिरो सम्बन्ध छ, यो नातालाई अझै मजबुत बनाउँदै लैजानेछौँ । साथै नेपालका नायकहरुलाई हामी सम्झन्छौँ जो भारत स्वतन्त्रताका लागि सम्मान गर्छौं, उनीहरुलाई भारतले बिर्सिन सक्दैन ।’

स्वतन्त्रता दिवसको अवसरमा भारतीय सेनामा कार्यरत रहँदा वीरगति प्राप्त भएका नेपालीहरुको सम्मानका लागि भारतीय राजदुतावासमा नाचगान, वाद्यवादनसहित कलाकारहरुले आफ्नो प्रश्तुती दिएका थिए ।