२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस कमजोर बनाउने गुट स्वीकार्य हुँदैन: नेता सत्तार



अ+ अ-

कपिलवस्तु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सत्तारले कांग्रेस कमजोर बनाउने गुटप्रति पार्टी निर्ममरुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको आन्तरिक विशेष अभियानअन्तरगत केन्द्रीय प्रतिनिधिका रुपमा कपिलवस्तुमा नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै सत्तारले यस्तो बताउनुभएको हो ।

१० दिने विशेष अभियानको समीक्षा कार्यक्रममा नेता सत्तारले भन्नुभयो, “लोकतान्त्रिक पार्टीमा वादविवाद हुन्छ, गुट पनि हुन्छ तर त्यो पार्टी बलियो बनाउन हुन्छ, पार्टी हराउन होइन ।”

उहाँले भन्नुभयो, “एक अर्कालाई हेर्न पनि नसक्ने हामी कस्ता भयौँ रु अझ बिपीका कायकर्ता कसरी भन्ने रु यो आजै, अहिल्यै अन्त्य हुनुपर्छ । यस्तो संस्कारलाई सबै मिलेर परास्त गरौँ ।”

उहाँका अनुसार कांग्रेस कमजोर हुँदा व्यवस्थामाथि प्रश्न उठ्न थालेको छ । “कालो बादल मडारिन थालेको छ । यो सबै उपलब्धि गुम्न पनि सक्छ । यस्तो बेला पनि गुटको राजनीतिमा रमाउने कदापि गर्नु हुँदैन ।”

पार्टीलाई आघात पुग्ने कार्य र व्यक्तिवादी सोच त्याग्न आग्रह गर्दै उहाँले जनतासँग गरेको वाचा पूरा गर्न सबै लाग्नु पर्ने बताउनुभयो ।

कांग्रेस कस्तो भयो भनेर २०८४ को निर्वाचनमा आउने परिणामबाट देखिने भन्दै उहाँले अबका निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने कुरा यिनै अभियानहरुमा भर पर्ने बताउनुभयो ।