६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ: उपप्रधानमन्त्री श्रेष्ठ

हिजोकै कार्यशैलीले समृद्धि हासिल हुँदैन, गति परिवर्तन गरौँ: उपप्रधानमन्त्री श्रेष्ठ
फाईल फोटो
अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह प्रशासनलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा उहाँले गृह प्रशासनलाई सुधार र परिणाममुखी बनाउनुपर्ने बताउनुभयो । सेवा प्रवाहमा सुधार ल्याउन विभिन्न कार्यदल गठन गर्ने तयारीमा मन्त्रालय जुटेको उहाँको भनाइ छ ।

उपप्रधानमन्त्री श्रेष्ठले समृद्धि हासिल गर्न हिजोकै कार्यपद्धति, कार्यशैली, संस्कृति र गतिमा काम गरेर नहुनेमा जोड दिँदै उहाँले कार्यशैली परिवर्तन गर्नुपर्ने बताउनुभयो । सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर सरकार अगाडि बढेको उल्लेख गर्दै उहाँले समृद्धिका लागि सरकारले सुशासनलाई पूर्वसर्त बनाएको बताउनुभयो । “समृद्धि पर्याप्त भएन, अब क्रमभङ्ग गर्नुपर्छ, गुणात्मक फड्को मार्नुपर्छ”, उहाँले भन्नुभयो ।

मुलुकको अर्थतन्त्रलाई सही ‘ट्र्याक’मा ल्याएर मात्रै समृद्धिमा फड्को मार्न सकिनेमा सरकार दृढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अर्थतन्त्रको सुधारसँगै समृद्धिको गति बढ्ने बताउनुभयो । सुशासन कायम गर्न सरकार दृढताका साथ अगाडि बढेको बताउँदै उहाँले भ्रष्टाचार, ठगी, दण्डहीनता, आपराधीकरणविरुद्धको अभियानले विश्राम नपाउने जिकिर गर्नुभयो । “निर्दोष नफसुन्, स्वतन्त्रतापूर्वक जीवनयापन गर्न सक्ने, अपराधी, भ्रष्टाचारी, तस्करीले छुट नपाओस् भन्ने गरी सरकारले काम अगाडि बढाएको छ”, उहाँले भन्नुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले वार्षिकरूपमा तोकिएका कामका अतिरिक्त मन्त्रालयले सम्पादन गरेको अन्य कामबाट जनतामा आशा जागेको बताउनुभयो । स्रोतको अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या आएका विषयलाई गम्भीररूपमा लिँदै उहाँले राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार भएपछि बजेटको व्यवस्था गर्न सकिने बताउनुभयो ।

“स्रोत सङ्कुचनका कारण यो वर्ष सिलिङ बढाउन सकिएन, चालु आवको दोस्रो छ महिनामा राजस्व र अन्य स्रोतको उपलब्धतामा सुधार हुने देखिन्छ, मन्त्रालयले तोकेका काम सकेर सुरक्षा निकायको सुदृढीकरणको योजना ल्याउन सके बजेट थप गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

आयोगका सहसचिव प्रकाश दाहालले समग्रमा मन्त्रालयको प्रगति राम्रो रहेको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन प्रवर्द्धन गर्न मन्त्रालयले चालेका कदम स्वागतयोग्य भएको बताउनुभयो । संवेदनशील मानिएका कार्यालयको पूँजीगत खर्च कम हुन निराशालाग्दो भएको उहाँको भनाइ छ ।

मन्त्रालयका सहसचिव रुद्रादेवी शर्माले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै बजेटका अभावका कारण सुरक्षा निकायको सुदृढीकरणमा समस्या देखिएको बताउनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराई, प्रहरी महानिरीक्षक वसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, विभिन्न विभाग तथा कार्यलयका प्रमुख, प्रतिनिधिको सहभागिता थियो । सो अवसरमा मातहतका कार्यालयका प्रमुख तथा प्रतिनिधिले वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । रासस