२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ: प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा नाम जोडिएर आए आफ्नो पार्टी मात्र होइन, आफ्नै परिवारका सदस्यलाई पनि नछाड्ने बताउनुभएको छ ।

सोमबार पार्टीको बागमती प्रदेश कमिटी बैठकमा उहाँले नाम जोडिए आफैँलाई हत्कडी लगाएर थुने हुन्छ भन्नुभयो ।

‘महराजीको र उहाँका परिवारका सदस्यहरूको बारेमा मिडियामा आइरहेकै छ, सरकारले कारबाही गर्न भनेको छ”, उहाँले भन्नुभयो “खोज्दै जाँदा मेरो नाम आएछ भने मलाई पनि हत्कडी लगाएर थुने हुन्छ भनेको छु ।”

सीआईबीका अनुसार भेपमा लुकाएर ९ किलो सुन ल्याएको आरोपमा पक्राउ परेका चिनियाँ व्यापारीसँग माओवादी नेता कृष्णबहादुर महरा र उनका छोराहरुको पटक पटक टेलिफोन सम्पर्क देखिएको थियो ।

अध्यक्ष प्रचण्डले आफ्नो पार्टी, आफ्नो परिवारको भनेर कसैलाई पनि नछाडिने बताउनुभयो । भ्रष्टाचार सम्बन्धी कामले सरकार अप्ठ्यारोमा नपरेको उहाँको भनाइ थियो । “भ्रष्टाचारसम्बन्धी कामले सरकार अप्ठ्यारोमा पर्दैछ भन्ने कुरा विल्कुल सही होइन”, उहाँले भन्नुभयो, “सरकार विल्कुल ठिक ठाउँमा छ, सुरक्षित छ ।