२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिआईबीले नक्कली भनेर पक्राउ गरेको डाक्टर ‘सक्कली’ प्रमाणित



अ+ अ-

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले नक्कली भनेर पक्राउ परेका डाक्टर सक्कली निस्किएका छन् ।

सिआईबीले साउन २५ मा नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा काम गरेको भन्दै पक्राउ गरेको डा. रञ्जित कुमार यादव ‘सक्कली’ प्रमाणित भएका छन् ।

नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले बताए । डा. रञ्जित र सीआईबीको खोजी सूचीमा रहेका चिकित्सक नाम जुधेका दुईजना अलग मानिस रहेका अधिकारीले जनाए । उनले यसबारे आफूले सिआईबीलाई पत्र लेखिसकेको बताए ।

सिआईबीले महोत्तरीको पिपरा–८ घर भएका डा. रञ्जितलाई काठमाडौँबाट पक्राउ गरेर म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

ब्युरोले यस प्रकरणमा नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर रिहा गरेको छ भने अरू ७ जना चिकित्सक सीआईबीको हिरासतमा छन् ।