२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेलाई सरकारको होइन देशको चिन्ता छ – ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सरकारमा जाने खेलमा नरहेको बताएका छन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले जनमानसबीच एमाले सरकारमा जाने दाउमा रहेको आशंका पैदा भइरहेको भन्दै एमालेलाई सरकारको भन्दा देशको चिन्ता रहेको बताए ।

अध्यक्ष ओलीले भने – ‘सुन तस्करीको हल्ला चलाएर एमाले सरकारमा जान खोजेको त होइन भन्ने हल्ला छ । तर, एमालेलाई सरकारमा रुची होइन । चिन्ता सरकारको होइन देशको हो ।’

उनले अगाडि भने ‘एमालेले सत्तामोह छैन । सत्तातर्फ हेर्नुपनि छैन । तर, यसको अर्थ सरकारले जे गरेपनि हुन्छ भन्ने कुरा चल्दैन । सरकारलाई जे पनि गर्न छुट छैन ।’