२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् अवरोध हामीले गरेको होइन सत्ता पक्ष ले हो: ओ‌ली



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् अवरोध एमालेले नगरेको बताउनुभएको छ ।

एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उहँले एमालेले संसद् चलाउन खोजेको दाबी गर्दै सत्ता पक्षले संसद चल्न नदिएको बताउनुभयो ।

“संसद् अवरोध हुनै हुँदैन, गर्नै हुँदैन । संसद् देश र जनताका लागि काम गर्ने थलो हो । संसद्ले निर्वाध ढंगले काम गर्न पाउनुपर्छ । संसद्ले देश र जनताका पक्षमा बोल्ने, आवाज उठाउने हो”, उहाँले भन्नुभयो, “अहिलेको संसद्को अवरोध तपाईंहरूले देख्नुभएको छ । हामी चलाउन खोजिराख्या छौँ । तर, प्रतिपक्ष बोल्न उठ्ने बित्तिकै सत्तापक्ष जुरुक्क उठेर होहल्ला गर्छन् ।”

एमालेले यही साउन १० गतेदेखि सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै संघीय संसद्का दुवै सदनको कामकारबाहीमा अवरोध गरिरहेको छ ।

सुन तस्करीले देशलाई अप्ठ्यारोमा पारेको भन्दै उहाँले मुलुकको अर्थतन्त्र, सुशासन, प्रशासनमाथि प्रहार भइरहेको जिकिर गर्नुभयो ।