९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् हेरफेरको तयारी जनमत भित्रदै ,सुदन वा अमनलाल मध्ये एक बाहिरिदै



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गर्नुभएको छ ।

केही दिन आरामका लागि चितवन पुग्नु भएका प्रधानमन्त्री दाहाल आज फर्किएपछि मन्त्रिपरिषद् पुन गठन गर्न लाग्नु भएको जनाईएको छ । प्रधानमन्त्री दाहालले जनमत पार्टीलाई सरकारमा सहभागी गराउनको लागि पुन गठन गर्न लाग्नु भएको हो । पुन: गठनका लागि प्रधानमन्त्री दाहालले आफ्नै पार्टीबाट सरकारमा सहभागी एक मन्त्रीलाई फिर्ता बोलाउन तयारी गर्नुभएको जनाईएको छ ।

माओवादी स्रोतका अनुसार पर्यटनमन्त्री सुदन किराँती र संघीय मामिलामन्त्री अमनलाल मोदीमध्ये एकलाई फिर्ता बोलाउने तयारी प्रधानमन्त्री दाहालले तयारी गर्नुभएको जनाईएको छ ।

जनमतले सरकारमा सहभागी हुने मन्त्रीको नाम यसअघि नै सिफारिश गरिसकेको छ । जनमतले अनितादेवीलाई मन्त्री बनाउने भएको हो ।