२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार अधिनायकबाद तर्फ उन्मूख हुदैछ: ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अधिनायकबाद तर्फ उन्मुख भएको आरोप लगाउनु भएको छ ।

गुरु प्रसाद लुइँटेल अध्ययन तथा विकास केन्द्रले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो ‘सरकारले विरोधमा बोल्नेलाई हतकडी लगाउने कार्यको सुरु गरेको छ ।’

अध्यक्ष ओलीले सरकारले पाकिस्तानी मोडेलको राजनीति शुरु गरेको समेत आरोप लगाउनु भयो । उहाँले भन्नुभयो ‘कांग्रेस सांसद सुनिल शर्माको गिरफ्तारी पाकिस्तानी मोडेलको राजनीतिको पछिल्लो रूप हो ।’

उहाँले भन्नुभयो ‘मैले हिजो प्रधानमन्त्रीलाई पनि भनेको छु, तपाईँहरूले पाकिस्तानी मोडेलको राजनीति शुरु गर्नुभयो, यसको अन्त्य यहाँ हुँदैन । धेरै नहौसिन भनेर मैले भनेको छु । सुन तस्करीको विरोध गर्दा सुनिल शर्माले स्कुल पढ्दाको कुरा उठाएर गिरफ्तार गरिएको छ । यो भन्दा नांगो नाच के हुन सक्छ ?’

अध्यक्ष ओलीले सुन तस्करीका बिषयमा छानबिन गर्नुको साटो आबाज दबाउने काम भएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले भन्नुभयो ुसंसदमा सत्तापक्षले उठेर प्रतिप्रक्षको आबाज दबाउने कार्य दुनियामा कतै भएको थिएन यहाँ भयो । लोकतन्त्रमा यो भन्दा भद्दा मजाक के हुन सक्छ ?ु

सुन तस्कारीका बिषयमा उच्चस्तरिय आयोग बनाई निष्पक्ष छानबिन गर्ने बिषय कसका लागि आपत्तिको कुरा हो र भन्ने प्रश्न गर्दे ओलीले भन्नुभयो उहाँहरु नै संग्लन हुनुहुन्छ होला त्यसैले आफै छानबिन गर्छौ भन्दै हुनुहुन्छ ।