४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो

जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित

जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

शनिवार काठमाडौंमा भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै उहाँले दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक छ । अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवात जस्ताको परिणाम विश्वभर नै देखिन थालेको यस परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी छ ।

हाम्रा हिमश्रृंखलाहरुमा हिउँ पग्लिएर कालापत्थरहरु मात्र देखिन थालेको यस विषम परिस्थितिमा हाम्रो विकास निर्माण सम्बन्धी दृष्टिकोणलाई पनि प्रकृतिमैत्री र दीर्घजीवि बनाउन आवश्यक छ । बाढी पहिरो र मानवीय त्रुटीको करण हुने अनेकौँ दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध छ । वातावरुण संरक्षण र संवद्र्धनमा युवाहरुको साथ र सहयोग आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले युवाहरुमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामुलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो ।