७ पुष २०८२, सोमबार
,
Latest
कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु परिवर्तनले निम्त्याएको असरप्रति प्रधानमन्त्री चिन्तित



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले जलवायु परिवर्तनले निम्त्याएको असरप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।

शनिवार काठमाडौंमा भएको २४ औं अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रमलाई अनलाइन माध्यमबाट सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवातको परिणाम विश्वभर नै देखिन थालेको भन्दै उहाँले दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी रहेको बताउनु भयो । उहाँले बाढी पहिरो र मानवीय त्रुटीको करण हुने दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, विश्वव्यापी रुपमा रहेको जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्न र कार्बन्डाइअक्साइडको उत्सर्जनलाई कम गर्न हरेक क्षेत्र, तहबाट प्रयत्न हुन आवश्यक छ । अत्याधिक गर्मी, अति वर्षा, सुख्खा र चक्रवात जस्ताको परिणाम विश्वभर नै देखिन थालेको यस परिस्थितिमा हामीले हाम्रा दैनिक व्यवहारमा परिवर्तन ल्याइ कार्बन्डाइअक्साइड, मिथेयन र अन्य हरित गृह ग्यासको उत्सर्जनमा कमी ल्याउन जरुरी छ ।

हाम्रा हिमश्रृंखलाहरुमा हिउँ पग्लिएर कालापत्थरहरु मात्र देखिन थालेको यस विषम परिस्थितिमा हाम्रो विकास निर्माण सम्बन्धी दृष्टिकोणलाई पनि प्रकृतिमैत्री र दीर्घजीवि बनाउन आवश्यक छ । बाढी पहिरो र मानवीय त्रुटीको करण हुने अनेकौँ दुर्घटनाबाट नागरिकको जिउधनको सुरक्षा गर्ने दायित्वप्रति सरकार प्रतिवद्ध छ । वातावरुण संरक्षण र संवद्र्धनमा युवाहरुको साथ र सहयोग आवश्यक छ ।’

प्रधानमन्त्री दाहालले युवाहरुमा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई प्रयोग गरी दिगो विकास लक्ष्य हासिल गर्ने विषयमा युवालाई परिचालित गर्दै समतामुलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा केन्द्रित हुन आवश्यक रहेको बताउनु भयो ।