४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती

तीज गीतमार्फत कृषिका कहर खोतल्दै चन्द्रावती
अ+ अ-

गण्डकी । कृषि प्रधान देशमा पछिल्लो समय कृषिप्रतिको बढ्दो अनिच्छाका कारण वर्षेनी परनिर्भरतामा जकडिनुपरेको वास्तविकतालाई गीतकार चन्द्रावती वाग्लेले तीज गीतमार्फत प्रस्तुत गर्नुभएको छ ।

समाजका वास्तविकतालाई विभिन्न तीज गीतमार्फत प्रस्तुत गर्दै आउनुभएकी वाग्लेले यस वर्ष ‘कृषि प्रधान देश’ र ‘फेरि पनि आयो तीज मन दुखाउन’ शीर्षकका दुुई गीति एल्बम सार्वजनिक गर्नुभएको छ ।

“कृषि प्रधान देश हाम्रो खेतबारी बाँझै छन् ।
कति दुःख गरियो याद ताजै छन् ।।”

गीतबाट सुरु उहाँको ‘कृषि प्रधान देश’ गीति एल्बममा कृषि पेसाप्रतिको अनिच्छाले हामीलाई वर्षेनी परनिर्भरतातर्फ डो¥याएको उल्लेख गरिएको छ ।

परम्परागत कृषि प्रणाली तथा उपकरण पछिल्ला पुस्ताका लागि नौला बन्दै गएकाले यी सामानलाई चिनाउनका लागि सङ्ग्रहालयमा राख्नुपर्ने अवस्था आएको भन्दै गीतमा
“हलो जुवा स्याखु खत्री नामै नौला भैसके ।
म्युयिममा राख्नुपर्ने बेला आइसके ।।” भनिएको छ ।

रोपाइँ गर्न भ्याइनभ्याइ हुने गरेको विगतको अवस्था र अहिले रोपाइँ महोत्सवका रुपमा मनाउने गरिएको विषयलाई गीतमा समेट्दै,
“बासी हिलो रोप्न जान्थेम आँखा मिच्दै निन्द्रैमा ।
अहिले ठूलै नाटक हुन्छ असार पन्ध्रमा ।।
मन्त्री आउँछन् झण्डा हल्लाई असार पन्ध्र मनाउन ।
गमलामा धान रोपी किसान जनाउन ।।” उल्लेख गरिएको छ ।

किसानले खेती गर्न समयमा पर्याप्त मल, बीउ नपाउने गरेको कुरा खोतल्दै गीतकार वाग्लेले
“किसानले खेती गर्दा मल बीउ नपाउने ।
सरकारको बजेट आउँछ बाँदर धपाउने ।।” भन्नुुभएको छ ।

वाग्लेले कोही कसैलाई दोश मात्रै दिएर नभै समाज र राष्ट्र निर्माणमा सबै आआफ्ना तर्फबाट जुट्नुपर्नेमा जोड दिनुुभएको छ । हाम्रा संस्कार र संस्कृति बिगार्ने छुट कोही कसैलाई नभएको पनि उहाँका गीतमार्फत सन्देश दिन खोजिएको छ । खुर्सानी गोलभेँडामा परनिर्भर रहनुुपर्ने अवस्थालाई चित्रण गर्दै गीतमा सक्षम युवा जन्मनुपर्ने आवश्यकता औँल्याइएको छ ।

गीतकार वाग्लेले यसै वर्ष अर्को ‘फेरी पनि तीज आयो मन दुखाउन’ र्शीषकको गीति एल्बम बजारमा ल्याउनुुभएको छ ।
“गारो हुने मनका पीडा परेलीमा लुकाउन ।
फेरि पनि आयो तीज मन दुःखाउन ।।”

उक्त टुक्काबाट सुरु गरिएको गीति एल्बममा समसामयिक विषयका साथै चेलीहरूका पीडा, व्यथा र बेदना समेटिएका गीत छन् । आफन्तको वियोग तथा आमा नहुनेले तीजमा महसुस गर्ने पीडालाई गीतमा देखाइएको वाग्लेले बताउनुभयो । उहाँका अनुसार दुुवै गीति एल्बम नमस्ते पोखरा स्टुडियोमा रेकर्ड भएका हुन् ।

गीतलाई नमस्ते पोखराको युट्युब च्यानलबाट पनि हेर्न सकिन्छ । गीतको निर्देशन छवि सुवेदीले गर्नुुभएको छ भने छायाङ्कन तथा सम्पादन सुपरस्टार स्टुडियोका निर्देशक शिवराज भूूर्तेलले गर्नुुभएको हो । छायाङ्कनमा नेवा खलः कास्की र नेवा मिसा पुच्च पोखरा–३ ले सहयोग गरेका छन् ।

पहिलोपटक विसं २०७४ मा ‘आइन छोरी’ गीत सार्वजनिक गर्नुभएकी गीतकार वाग्लेले त्यस बीचमा नरोए आमा, जागिरे नारीको पीडा–भाग एक, गरिन गुनासो, जागिरे नारी–भाग दुुई, शहरको सुविधा र म, दर्जा बेरोजगारको, आउ सङ्गी रमाइलो गरौँ बरिलै, रमाइलो माइतैमा, जड्याहा पोइ, शून्य छ जन्मेको घर बरिलैलगायत गीत सार्वजनिक गरिसक्नुभएको छ । रासस