९ श्रावण २०८३, शनिबार
,
Latest
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा स्ट्रेट अफ होर्मुजमा व्यापारिक ढुवानीको रक्षाको लागि अन्तर्राष्ट्रिय गठबन्धनको तयारीमा अमेरिका र बेलायत: प्रतिवेदन १ रुपैयाँ दरको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनिल शर्माले कुनै हत्या गरेका छैनन्, बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्छ – ज्ञानेन्द्र कार्की



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद डा. सुनिल शर्माको बचाउमा उत्रिएका छन् ।

शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका कार्कीले सांसद शर्माले कुनै हत्या नगरेकाले बाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने बताए ।

उनले भने ‘सांसद शर्माले कुनै हत्या गर्नुभएको छैन । उहाँले बाहिर बसेर मुद्दा लड्न पाउनुपर्छ ।’

यस्तै, सांसद कार्कीले सांसद शर्मालाई जस्तै एक–एक गरेर कांग्रेसको संख्या घटाउनेतर्फ अन्य दलहरू लाग्ने निश्चित रहेको समेत बताए ।

 




भर्खरै