५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा प्याराग्लाइडिङ सुरु



अ+ अ-

कमलामाई । सिन्धुलीमा पहिलो पटक व्यावसायिक प्याराग्लाइडिङ सुरु भएको छ । यही साउन २२ गतेदेखि प्याराग्लाडिङ नियमित सञ्चालनमा आएको हो । वैशाख १२ गते पहिलो पटक परीक्षण उडान सफल भएको थियो ।

कमलामाई नगगरपालिका–६ लक्ष्मण चोक नजिकै रहेको प्रयास होटल प्रालिले र रु दुई करोडको लगानीमा व्यावसायिक प्याराग्लाडिङ सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक नेत्रजङ्ग थापाले बताउनुभयो ।

कम्पनीले एकै समयमा पाँच वटासम्म प्याराग्लाइडिङ गर्ने गरी नागरिक उड्डयन प्राधिकरणसँग इजाजत पाएको छ । पाइलट दिलकुमार सुनुवार, विक्रम सुनुवार र शङ्कर थापा मगरले उडान भर्ने छन् । प्याराग्लाइडिङ गर्नका प्रतिव्यक्ति रु छ हजार पाँच सय शुल्क तोकिएको छ । जिल्लाका स्थानीयवासीलाई भने एक महिनासम्मका लागि रु एक हजार छुट गरिएको छ ।

प्याराग्लाइडिङको अवधिभरको फोटो तथा भिडियो, सिन्धुलीमाढी बजार क्षेत्रदेखि प्याराग्लाइडिङ उड्ने ठाउँसम्म र ल्यान्डिङ स्टेशनदेखि प्रयास होटलसम्मको ल्याउने र पुर्याउने सुविधासमेत यसै शुल्कअन्तर्गत रहेको कम्पनीका सञ्चालक थापाको भनाइ छ ।

प्याराग्लाइडिङ अवतरणका लागि जर्सेदमार, रातमाटा र खुलामञ्चलाई ल्यान्डिङ स्टेशन बनाइएको छ । प्याराग्लाइडिङको टेक अफ साइट समुद्री सतहबाट नौ सय ७० मिटर उचाइमा छ । प्याराग्लाइडिङ टेक अफ साइटबाट करिब एक हजार मिटर माथिसम्म उड्नेछ । यस्तै प्याराग्लाइडिङको ल्यान्डिङ स्टेशन समुद्री सतहबाट चार सय मिटरको उचाइमा छ ।

यहाँ साहसिक खेलका रूपमा लिइने प्याराग्लाडिङको मज्जा लिन आउने पर्यटकले जिल्लाको प्राकृतिक सौन्दर्य, मनोरम वातावरण, होचाअग्ला डाँडापाखा र थुम्काथुम्कीका लोभलाग्दा दृश्य देख्न सक्नेछन् । यसले सिन्धुलीको प्रचारप्रचार तथा समृद्ध जिल्ला बनाउन सहयोग पुग्ने पनि विश्वास लिइएको छ । रासस