२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सांसद सुनिल शर्मालाई सरकारी वकिलकहाँ पुर्‍याइयो



फाईल फोटो
अ+ अ-

काठामाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका नेपाली काङ्ग्रेसका सांसद सुनिल शर्मालाई सरकारी वकिलकहाँ पेस गरिएको छ ।

शर्मासहित उक्त प्रकरणमा पक्राउ परेका अन्य डाक्टरहरुलाई पनि म्याद थप गर्न जिल्ला सरकारी वकिलकहाँ पेस गरिएको छ ।

अब सरकारी वकिलले उनीहरुलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्दैछन् । यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ७ जनालाई पक्राउ गरिसकेको छ ।

पक्राउ पर्नेमा मनित चौधरी, श्रद्धा शिल्पकार, डा रामबाबु यादव, डा रञ्जित यादव, डा एलिना साह र डा अमित चौधरी रहेका छन् ।

उनीहरू विभिन्न अस्पताल तथा मेडिकल कलेजमा कार्यरत रहेका जनाइएको छ । अहिले पनि सिआइबीको अपरेशन जारी रहेको जनाइएको छ ।

कतिपय चिकित्सकहरूले भारतीय नक्कली प्रमाणपत्र पेस गरी नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको तथा काउन्सिलद्वारा सञ्चालन गर्ने दर्ता प्रमाणपत्र परीक्षामा सहभागी भएको पाइएकाले आवश्यक अनुसन्धान गरी पाउँ भनेर काउन्सिलबाट आएको सूचनाका आधारमा प्रहरीले अपरेशन चलाएको थियो ।

उनीहरू सबैमाथि शैक्षिक प्रमाणपत्र कीर्तेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।