३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै

झोलुङ्गे पुलले बागलुङमा पर्यटक बढाउँदै
अ+ अ-

ढोरपाटन । हिउँद होस् या बर्खा । बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुल खाली नै हुँदैन । कालिगण्डकी नदिमाथि निर्माण भएको विश्वकै लामो भनेर जिकिर गरिएको झोलुङ्गे पुलमा पछिल्लो समय दैनिक पर्यटकको आगमन बढ्दै बढ्न थालेको छ ।

पुल सञ्चालनमा आएको तीन वर्ष भयो । यो अवधिमा लाख बढी आन्तरिक तथा बाह्य पर्यटक यहाँ आएको स्थानीयवासीको अनुमान छ । कोभिड–१९ सङ्क्रमणका बेला सञ्चालनमा आएको पुल अहिले आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । नजिकै प्रसिद्ध बागलुङ कालिका मन्दिर, छेउमै कालीगण्डकी नदी, केहीमाथि धार्मिक पर्यटकीयस्थल पञ्चकोट र शालिग्राम सङ्ग्रहालय रहेको हुँदा पछिल्लो समय बागलुङमा धार्मिक पर्यटकको आवागमन बढेको हो ।

तीन वर्ष अगाडिसम्म यहाँ आउने पर्यटकको सङ्ख्या साह्रै न्यून थियो तर अहिले हरेक दिन बागलुङ बजारमा पर्यटकको चहलपहल बढेको छ । पहिले अधिकांश पर्यटक बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने गर्थे भने अहिले लामो झोलुङ्गे पुलले गर्दा बजार हुँदै पञ्चकोटसम्म पुर्‍याउने गरेको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेका छन् । झोलुङ्गे पुलका कारण बागलुङसहित पर्वत र म्याग्दीमा पनि पर्यटकको सङ्ख्या बढ्दै गएको छ । अहिले लामो पुलमा बालबालिकादेखि युवायुवती र बूढापाकाको भीड हुने गरेको छ । पुलमा फोटो खिच्ने, टिकटक बनाउनेको सङ्ख्या पनि निकै ठूलो देखिन्छ । अझ बिदाको दिन सयौँले पुल अवलोकनका साथै वारपार गर्ने गरेका छन् ।

हरेक दिन जिल्लामा पर्यटकको सङ्ख्या बढ्दै गएपछि कोभिडका कारण थला परेका जिल्लाका होटल व्यवसायीलाई यतिबेला भ्याइनभ्याइ छ । पर्यटकीय क्षेत्रको तीव्र प्रचार र सही व्यवस्थापन हुँदा पर्यटकको भित्रिने सङ्ख्या पनि बढ्दै गएको हो । पहिले यहाँ भारतीय पर्यटक निकै कम आउने गरेकामा अहिले दैनिकजसो पुल तर्नका लागि आउने गरेका छन् । भारतको चण्डिगढबाट घुम्न आउनुभएका पोकस चौधरीले यहाँको वातावरण, मन्दिर र लामो झोलुङ्गे पुल निकै रमणीय रहेको बताउनुभयो । परिवारसहित मुक्तिनाथ दर्शनका लागि आउनुभएका उहाँले बागलुङका बारेमा धेरै पटक सुनेको हुँदा यसपालि घुम्न आएको बताउनुभयो ।

“मुक्तिनाथ तीन पटकसम्म आएँ, मुक्तिनाथ जाने बेला गाडीबाट आकाशमाथि झोलुङ्गे पुल देखेको थिएँ, यहाँ आउन पहिलेदेखि नै मन लागेको थियो, विभिन्न कारणले आउन पाइएको थिएन, अहिले परिवारसहित आएको बेला पुल तरियो, कालिका मन्दिरको दर्शन पनि गर्‍यौँ”, चौधरीले भन्नुभयो, “अहिले पनि हतार भयो, अर्को समय आउँदा अरु धेरै ठाउँ घुमेर जाने छौँ, यो ठाउँ साँच्चिकै ‘एमेजिङ’ रहेछ, धेरै खुसी लाग्यो ।”

कपिलवस्तु चन्द्रौटाका नविन बेलवासेले यहाँको लामो झोलुङ्गे पुलसँगै पञ्चकोट, शालिग्राम सङ्ग्रहालय र बागलुङ कालिका सामाजिक सञ्जालमा देखेर नै घुम्न आएको बताउनुभयो । यहाँका स्थल भिडियो युट्यु र फेसबुक पेजमा धेरै भाइरल भएको भन्दै त्यसले धेरैलाई आकर्षित गरेको उहाँको भनाइ थियो । आफूहरु सात जनाको समूह बनाएर यहाँ आएको र धार्मिक तथा पर्यटकीय ठाउँको भ्रमण गरेर फर्किने बेलवासले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यसभन्दा अगाडि बञ्जीजम्पमा आएको थिए, अहिले यहाँसम्म आएका छौँ, गर्मी बिदाको मेसो मिलाएर आएको बेला ढोरपाटनसम्म पुग्ने योजना छ, यो पुल तर्ने ठूलो रहर थियो, तरियो, बीचमा पुग्दा डर पनि लाग्दो रैछ रमाइलो पनि भयो, यति लामो पुल अहिलेसम्म देखेको थिएन, हाम्रोतिर त छोटोछोटो मात्रै पुल बनेका छन् ।”

पछिल्लो समय अहिलेसम्मकै धेरै पर्यटक बागलुङ आउने गरेको होटल व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालले बताउनुभयो । उहाँले लामो पुलले गर्दा बागलुङमा पर्यटक बढेको र होटल व्यवसाय पनि फस्टाएको बताउनुभयो । पहिले कालिकामा आउने पर्यटकमध्ये १० प्रतिशत मात्रै बजारमा आउने गरेकामा अहिले ५० प्रतिशत बढी आउन थालेको अध्यक्ष चोखालको भनाइ थियो । अहिले अधिकांश पर्यटक पुल नै हेर्न र पार तर्न आउने गरेको देखिन्छ ।

“अहिले होटल व्यवासय राम्रो भईरहेको छ, होटलमा आउने पाहुनाको संङ्ख्या पनि बढीराखेको छ, हामीहरुले कस्तो सेवा दिएका छौँ, उहाँहरुले मूल्याङ्कन गर्ने विषय हो, अहिले पर्यटक बढ्नुको मुख्य कारण भनेकै लामो झोलुङ्गे पुल हो”, उहाँले भन्नुभयो, “पुलको व्यापकरुपमा प्रचार भएकै कारण पर्यटक बढेका हुन्, अहिले अन्य पर्यटकीय ठाउँको पनि विकास भयो, त्यसले गर्दा पनि होला दिनप्रति दिन बागलुङमा आउनेको सङ्ख्या बढिरहेको पाएका छौँ ।”

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ र म्याग्दीको गलेश्वरको प्रवेशद्वारमै लामो पुल हुँदा दैनिक एक हजार बढी पर्यटक यहाँ घुम्न आउने अध्यक्ष चोखालको भनाइ थियो । पुल हेर्न आएकामध्ये डेढ सय बढी पर्यटक बागलुङका होटलमा बास बस्ने गरेका छन् । अहिले राति घुम्न आउने पर्यटकलाई लक्षित गरी विद्युतीय बत्तीसमेत जडान गरिएको छ ।

‘सिङ्गल स्पान’ मा संसारकै लामो भनिएको यो पुल पाँच सय ६७ मिटर लामो छ । विसं २०७७ देखि सञ्चालनमा आएको यो पुल बागलुङ नगरपालिका–१ बाङ्गेचौर र पर्वतको कुश्मा नगरपालिका–१ पाङसँग जोडिएको छ । पुल करिब रु नौ करोड २५ लाखमा सम्पन्न भएको थियो । पुल आसपासमा अहिले व्यावसायिक प्रयोजनका लागि पूर्वाधार निर्माण भइरहेका छन् । रासस