५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो: जितेन्द्र देव

संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएपछि एमाले एक्लियो: जितेन्द्र देव
अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद जितेन्द्रनारायण देवले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिन थालेपछि प्रमुख प्रतिपक्ष एमाले एक्लिँदै गएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले विनाकारण संसद बैठक अवरोध गर्ने कामलाई निरन्तरता दिएपछि प्रतिपक्ष राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले समेत एमालेको साथ छोडेको दाबी गर्नुभयो ।

उहाँले बुद्धिजीवि, मिडिया, अन्तर्राष्ट्रिय समूदायले समेत संसद अवरुद्ध पार्ने एमालेको कामलाई साथ नदिएको जिकीर समेत गर्नुभयो । सांसद देवले डेमोक्रेसीको प्राण वायु संसद भएपनि एमालेले त्यसलाई चल्न नदिएर गम्भिर समस्या खडा गरेको आरोप समेत लगाउनु भयो । उहाँले सत्तारुढ दलले पाँच वर्षनै सरकार चलाउने गरी मुलुकलाई राजनीतिक स्थायित्व दिइरहेका बेला प्रतिपक्ष एमालेले त्यसविरुद्ध अनेक चलखेल गर्नु उचित नभएको तर्क समेत गर्र्नुभयो ।

सांसद देवले भन्नुभयो, ‘संसद भनेको लोकतन्त्रको प्राण वायु हो । यदि पार्लियामेण्ट अवरुद्ध हुन्छ । पार्लियामेण्ट निष्क्रिय हुन्छ । काम नगर्ने स्थितिमा जान्छ भने डेमोक्रेसी सिमित हुने दिशामा अगाडि बढ्छ । यो दुनियाँभरका पोलिटिकल साइेन्टिष्टहरुले स्वीकार गरेको मान्यता हो । मूल्य हो । डेमोक्रेटिक मूल्य हो, मान्यता हो । अत्यन्त दुखद् कुरा र गम्भिर कुरा, चिन्ताको विषय आज लामो समयदेखि नेपालको संसद अवरुद्ध छ । के को लागि अवरुद्ध छ ? आज अवरुद्ध गर्ने दललाई, साथीहरुलाई म प्रश्न गर्न चाहन्छु–अत्यन्त गम्भिर भएर म प्रश्न गर्न चाहन्छु–आज मिडियाहरु पल्टाएर हेनुर््स् । बुुद्धिजीविहरुका कुरा सुन्नुस् ।’

‘ओपिनियन मेकरर्सहरुका कुरा सुन्नुस् । अन्य दलहरुका कुरा सुन्नुस् । इन्टरनेशनल कम्युनिटीका कुरा सुन्नुस् । दिनहुँ भइराखेको छ मिडियामा । तपाईहरुलाई साथ दिएका राप्रपा, रास्वपाका कुरा सुन्नुस् । तपाईहरु दिनप्रतिदिन यो अवरुद्ध गर्ने मामलामा खिइँदै जानुभएको छ । एकल हुँदै जानुभएको छ । के को यो हुँदैछ ? के अभिष्ट पूरा गर्नका लागि यो हुँदैछ ? के राज छ, के रहस्य छ ? जब देशमा एउटा पोलिटिकल स्टयाबिलिटी दिने गठबन्धनको सरकार छ । ५ वर्ष चल्ने कुरामा कुनै शंका छैन । देशमा राजनीतिक स्थिरता छ । जनताले चाहेको पोलिटिकल स्ट्याबिलिटी, अन्तराष्ट्रिय कम्युनिटीले चाहेको पोलिटिकल स्टयोबिलिटी, त्यो आज मुलुकमा छ । पाँच वर्षसम्म यो गठबन्धन दायाँबायाँ हुँदैन भन्ने स्थिति छ । ’

त्यस अवसरमा सांसद देवले ५ वर्षसम्म मुलुक सत्तारुढ गठबन्धनकै नेतृत्व चल्ने समेत बताउनु भयो ।