२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भयो: सांसद बेल्वासे



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद गंगा कुमारी बेल्वासेले संसद अवरुद्ध हुँदा जनताको आवाज बन्द भएको बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद बेल्बासेले लामो समयदेखि संसद अवरुद्ध हुँदा जनताको आवाजहरु बोल्ने सांसदहरुको आवाज बन्द भएको बताउनुभएको हो । उहाँले संसद अवरुद्ध हुँदा जनताप्रति उत्तरदायी हुन नसकिएको बताउनु भयो । उहाँले सांसदहरुको आवाजलाई बन्द गर्न प्रतिपक्ष दलले भुमिका खेलेको बताउनु भयो । संसद अवरुद्ध हुँदा जनताका आवश्यकताहरुको सम्बोधन गर्न नसकिएको भन्दै उहाँले प्रतिपक्षलाई बिरोधको तरिका बदल्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘जनताका आवाज बुलन्द गर्ने यो संसद लामो समयदेखि अवरुद्ध छ । जनताका आवाजहरुलाई बोल्नुपर्ने, कानून बनाउनुपर्ने र संसदका आफ्ना नियमित कामहरुलाई अगाडी बढाउनुपर्ने संसद अवरुद्ध हुँदाखेरी हामी जनताप्रति उत्तरदायी हुन सकेका छैनौँ । सरकारप्रति उत्तरदायी हुन सकेका छैनौँ । सरकारले गरिराखेका राम्रा कामलाई समर्थन गर्न र हाम्रो आवाज बन्द भएका छन् । हाम्रो आवाज बन्द गर्ने प्रतिपक्षमा रहेर प्रतिपक्षका साथीहरुले भुमिका खेलिराख्नु भएको छ ।

यो राम्रो भइराखेको छैन । सरकारमा हुँदाखेरी संसद विघटन गर्ने, विपक्षमा भयो भने संसद अवरुद्ध गर्ने । के तरिका हो यो ? यसरी जनताका आवश्यकताहरुलाई सम्बोधन गर्न पनि सकिन्न । सरकारलाई साथ दिनपनि सकिन्न । सरकारलाई सकारात्मक बनाउनका लागि आलोचना गर्न पनि सकिन्न । यो तरिका बन्द गर्नुपर्‍यो । सदन खुल्नुपर्‍यो । आफ्ना बिरोधका आवाजहरु अरु माध्यमबाट राख्नुपर्‍यो । विरोधका तरिकाहरु बदल्नका लागि म प्रतिपक्षलाई विनम्र अनुरोध गर्दछु ।’

उहाँले डेंगु संक्रमणले भयावह रुप लिइरहेको भन्दै प्रभावित क्षेत्रमा अभियान नै सञ्चालन गरेर रोकथाममा लाग्न सरकारसँग माग गर्नुभयो ।