२४ जेष्ठ २०८३, आईतवार
,
Latest
शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकप छनोट खेल्ने नेपाली टोलीको घोषणा



अ+ अ-

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आईसीसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोटको लागि अन्तिम टोली घोषणा गरेको छ ।

यसै महिना अन्तिममा मलेसियामा हुने प्रतियोगिताको लागि क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीमा रुविना क्षेत्री(कप्तान), सीता रानामगर, ईन्दू बर्मा, विन्दू रावल, कविता कुँवर, कविता जोशी, पूजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुबी पोदार, अप्सरी बेगम, अस्मिना कर्माचार्य र खुसी डङ्गोल रहेका छन् ।

युवा अलराउन्डर पुजा महतो, विकेटकिपर रुवी पोदार र लेग स्पिनर खुशी डंगोल भने पहिलो पटक टोलीमा परेका हुन् ।

आइसिसी महिला विश्वकप टि–२० एसिया क्षेत्र छनोट मलेसियामा अगष्ट ३१ देखी ९ सेप्टेम्बर सम्म हुनेछ । प्रतियोगिताको समूह ए मा आयोजक मलेसियासँगै नेपाल, बहराइन, भुटान, कतार र युएई छन् भने समूह बी मा चीन, हङकङ, कुवेत, थाईल्यान्ड र म्यानमार छन् ।