१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

पत्रकारसंग माओवादी प्रवक्ता- ल्हारक्याल लामाका बारेमा कुनै टिप्पणी गर्दिन

पत्रकारसंग माओवादी प्रवक्ता- ल्हारक्याल लामाका बारेमा कुनै टिप्पणी गर्दिन
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नी सापकोटाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरिएका ल्याहरक्याल लामाका बारेमा कुनै टिप्पणी नगर्ने बताउनु भएका छ ।

पार्टीको प्रवक्ताको जिम्मेवारी सम्हालेपछि बुधबार पहिलोपटक आयोजना गरेका पत्रकार सम्मेलनमा सापकोटाले भन्नुभयो ‘नियुक्तिका विषयमा धेरै कुरा बाहिर आइसकेको छ, तपाईंको प्रश्न पनि नोटिसमा लिएको छु टिप्पणी गर्दिन।’

प्रवक्ता सापकोटाले सुन तस्करी प्रकरणलाई निस्कर्षमा पुर्‍याउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालप्रतिवद्ध रहेको बताउनु भयो । उहाँले ठिक ढंगले अनुसन्धान गर्नका लागि सिआइबिलाई अनुसन्धान गर्न जिम्मेवारी दिइएको उल्लेख गर्नुभयो । उहाँले अनुसन्धान प्रक्रियामा कुनैप्रकारको मोलाहिजा नहुने भन्दै अनुसन्धान प्रक्रिया निर्धक्कका साथ अगाडी बढ्ने स्पष्ट पार्नुभयो । तथ्य र प्रमाणले दोषि देखिएकाहरुलाई कारबाही गर्न पार्टीमा समेत एकमत रहेको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘सुन प्रकरणलाई निस्कर्षमा पुर्‍याउने कुरामा प्रधानमन्त्री प्रतिवद्ध हुनुहुन्छ । उहाँ दृढ हुनुहुन्छ । निर्दोष नपरुन् । दोषि नउम्किउन् भन्ने छ । कसरी तथ्यद्वारा सत्य पत्ता लगाउने कुरामा के गर्दा ठिक हुन्छ भनेर प्रधानमन्त्री कार्यालय अन्तर्गत रहेको राजश्व अनुसन्धानले सिआइबिलाई दियो नि त । त्यो चाहीँ ठिक ढंगले अनुसन्धान होस् । काहीँ त्यहाँ मोलाहिजा हुँदैन । त्यो रोकिँदैन । यसलाइ अगाडी बढाइछाड्ने कुरामा प्रधानमन्त्रीले पदाधिकारी र केन्द्रिय कमिटी बैठकमा प्रतिवद्धता राख्नुभएको छ । पहिलाको इतिहास दोहोरिँदैन । निर्धक्क साथ अघि बढ्छ । अगाडी बढाउनेमा पार्टीमा एकमत छ । तथ्य र प्रमाणले जो–जो, जहाँ–जहाँसम्म पुग्छ त्यहाँसम्म पुग्नका लागि कुनै हिच्किचाहट हुँदैन ।’

प्रवक्ता सापकोटाले जनता महंगिको मारमा परेको भएपनि महंगी नियन्त्रणमा सरकारको पहलकदमी पुग्न नसकेको बताउनु भयो । उहाँले बजार अनुगमन गरी बद्मासी गर्नेहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताले खेप्नु परेको महंगिको मारको सम्बन्धमा पार्टीको आगामी पदाधिकारी बैठकमा आफूले कुरा उठाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘महंगिको मार परेको छ । सरकारको पहलकदमी पुगेको छैन । अनुगमन गर्ने, बद्मासी गर्नेलाई कारबाही गर्ने कुरामा सरकारले दृढतापूर्वक कदम चाल्नुपर्छ । यसमा दुईमत छैन । महंगिको मारमा जनता परेका छन् । अब बस्ने पदाधिकारी बैठकमा यही भावका साथ हामी छलफल गर्छौ ।’

उहाँले देशका युवाहरु विदेशिने कुरा राष्ट्रियतासँग पनि गाँसिएको भन्दै हुनेखाने र पुगिसरी आएकाहरु नै विदेशिएका बताउनु भयो । उहाँले युवाहरु विदेशिने खतराको विषय भएको भन्दै यो विषयलाई राष्ट्रले प्राथमिक एजेण्डा बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘युवा पलायन हुनेकुरा राष्ट्रियतासँग पनि गाँसिन थाल्यो । जो हुनेखाने छन् । पुगिसरी आएका छन् उनीहरु विदेशिएका छन् । उनीहरुले यो राष्ट्रबाट सबभन्दा बढी उनीहरुले पाएका छन् । तैपनि उनीहरु विदेश गएर च्यालेन्ज गर्छन् । त्यसकारण यो विषय बहुआयामिक खतराको विषय बनेर आएको छ । यसलाई राष्ट्रको प्राथमिक एजेण्डा बनाउनुपर्छ । भ्रष्टाचार नियन्त्रण गर्ने, गरिबी निवारण गर्ने, रोजगारी सिर्जना गर्ने अनि जनताको जीवनस्तर उठाउने अनि सामुहिक प्रगति गर्ने । यही त हो । ३ महिने अभियान पछि आशाको झिल्को देखिनेगरी सरकारले पनि पहलकदमी लिइरहेको हुन्छ ।’

प्रवक्ता सापकोटाले नेकपा(माओवादी केन्द्र)को भदौ १६ गतेदेखि शुरु हुने ३ महिने अभियान पार्टीको लागि अन्तिम परीक्षा भएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले पार्टीले आयोजना गर्ने ३ महिने अभियान पार्टीका लागि अन्तिम परीक्षा भएको बताउनुभएको हो । उहाँले भदौ १६ गतेदेखि ‘जनतासँग माओवादी –शिशेष रुपान्तरण अभियान’ शुरु हुने र सो दिन देशभरका ६ हजार ७४३ वटा वडामै एकसाथ उद्घाटन हुने बताउनु भयो । उहाँले पार्टी अध्यक्ष पुष्पकमल दाहालले सातवटा प्रदेशका सात वटा वडा जिम्मा लिने र अन्य सबै नेताहरुले समेत वडा जिम्मा लिने भन्दै उहाँले सबै नेताहरु परिक्षामा सामेल हुने बताउनु भयो । उहाँले यो अभियान पार्टीको अन्तिम परीक्षाजस्तो भएको भन्दै आफूहरु सामुहिक रुपमा उत्तिर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘भदौ १६ गते ६७४३ वटामा एकै साथ उद्घाटन हुन्छ । अध्यक्षले सात प्रदेशको सातवटा वडाहरु जिम्मा लिनुभएको छ । हामीले पनि सबैले जिम्मा लिएका छौँ । यसमा हामीले वैचारिक पुन:गठन, राजनीतिक पुन:गठन, संगठनात्मक पुन:गठन र सांस्कृतिक पुन:गठनका कुरा गर्छौ । यो एउटा परीक्षा हो । हामी सबैका लागि परीक्षा हो । त्यसकारण यो परीक्षामा हामी सबै सामेल हुन्छौँ । मलाई विश्वास छ हामी यो परीक्षामा उत्तिर्ण हुन्छौँ । भदौको १५ गतेसम्म हामी तयारी गर्छौं । यो तीन महिने अभियान सफल हुन्छ । यो हाम्रो करिव करिव अन्तिम परीक्षा जस्तै छ । हामीले साझा संकल्प गरेका छौँ कि यो परीक्षामा हामी सामुहिक रुपमा उत्तिर्ण हुन्छौँ ।’