१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

सुन तस्करी प्रकरणले बन्धक बनेको संसद्

सुन तस्करी प्रकरणले बन्धक बनेको संसद्
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन तस्करी हुँदा पनि सरकारले दोषी पत्ता लगाउन नसकेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले उच्चस्तरीय छानबिन समितिको माग राखी संसद्का बैठक अवरुद्ध गर्दै आएको छ ।

बुधबार बोलाइएको प्रतिनिधिसभाको बैठक उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने एमालेको अडानका कारण यही साउन २६ गते बस्ने गरी स्थगित गरिएको छ । त्यसैगरी राष्ट्रियसभामा पनि यही विषयका कारण स्थगित हुँदै साउन २४ गते बैठक बस्ने मिति तोकिएको छ ।

प्रतिनिधिसभाको बैठक सुन तस्करी प्रकरणका कारण साउन १० गतेदेखि अवरुद्ध हुँदै आएको छ । लगातार बैठक अवरुद्ध हुँदै गएपछि सभामुख देवराज घिमिरेले बैठकअघि नै संसद् अवरोध खोल्ने विषयमा छलफल गर्न प्रधानमन्त्री पुपष्कमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी ओलीसँग बसेर बैठक राख्दै आउनुभएको छ ।

बैठकमा सरकारले आफ्नो तर्फबाट अनुसन्धान गरेकाले अनुसन्धान प्रतिवेदन नआएसम्म उच्चस्तरीय छानबिन समिति गठन गर्न नसकिने भन्दै प्रधानमन्त्री प्रचण्डले अडान लिनुभएको थियो ।

एमालेले भने उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान लिँदै आएको छ । सरकारले उक्त प्रकरणको छानबिन राजस्व अनुसन्धान विभागले गर्दै आएकामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट गर्न निर्देशन दिइसकेको छ ।

यस बीचमा मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सबैको सहयोग चाहिने बताउनुभयो । उहाँले अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर दोषीलाई हरहालतमा कारबाही गर्नु सरकारको पहिलो कार्यभार भन्दै त्यसमा यताउता हुनै नसक्ने जिकिर गर्नुभयो । उहाँले तत्कालका लागि भने सीआईबीबाट अनुसन्धान टुंग्याउन दिनुपर्ने आग्रह गर्नुभयो ।

यद्यपि बुधबारको प्रतिनिधिसभाको बैठकमा एमाले सांसद सूर्य थापाले सुन तस्करीको संरक्षण गर्ने गरी गृहमन्त्रीको जवाफ आएको बताउनुभयो ।

विपद्को समयमा जनताको समस्या उठाउने र सम्बोधनका लागि सरकारलाई अभिप्रेरित गर्ने थलोका रुपमा संसद्लाई लिइन्छ । संसद्लाई जनताको आवाज उठाउने थलोका रुपमा पनि लिइन्छ । लोकतन्त्रमा संसद् अवरुद्ध हुनु भनेको जनताको मुख थुन्नुजस्तै हो । बहसको थलो बनाइनुपर्ने संसद् अहिले निषेधको संसद् जस्तो भएको छ ।

अहिले मुलुकमा बाढी पहिरो, लम्पी स्किन, डेंगु महामारीजस्ता समस्याले जनता आक्रान्त छन् । तर जनताका यी समस्या सरकारसमक्ष पुर्याउने माध्यम संसद् नै सुन तस्करी प्रकरणले बन्धक बनेको छ । सत्तारुढ दलको मुख्य घटक नेकपा (माओवादी केन्द्र) ले उक्त प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नै नचाहनु र प्रमुख प्रतिपक्षी दल एमालेले यसलाई राजनीतिक कार्डका रुपमा प्रयोग गर्नुले जनताको यी समस्या ओझेलमा परेको छ ।

तस्बिर: चन्द्रकला क्षेत्री-रासस