२१ पुष २०८१, आईतवार
,
Latest
धोबीखोलमा खसेको कार निकालियो ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक पौडेलद्वारा नयाँ चलचित्र ‘कोशेढुंगा’ घोषणा प्रतिकूल मौसमले हवाई उडान प्रभावित सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान सूर्यदर्शन सहकारी ठगीः प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस जारी सूर्योदय र सूर्यास्त हुँदाको आनन्द लिन सकिने कोरीडाँडा सिड्नी टेस्टमा भारत अष्ट्रेलियासँग ६ विकेटले पराजितः १० वर्षपछि बोर्डर–गावस्कर ट्रफी गुमायो सपना सहकारीमा प्रज्वल थान्जुको अध्यक्षतामा नयाँ नेतृत्व पूर्वआईजीपी सर्वेन्द्र खनालले छाडे एमाले, देश र जनताको हितमा लड्ने म्याग्दीको रत्नेचौरका तोरीबारीमा टिकटिक बनाउने भीड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुनै कानुन, नियमावलीमा संसद् प्रतिपक्षको मात्रै भनेर लेखिएको छैन– माओवादी



अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुनै पनि कानुन, नियमावलीमा संसद् प्रतिपक्षको मात्रै भनेर नलेखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै पौडेलले संसद् सबै दलका निर्वाचित जनप्रतिनिधिको साझा थलो रहेको बताए ।

‘डाक्टरले बिरामी जाँच्न छोड्यो भने के होला? शिक्षकले पढाउन छोड्यो भने विद्यार्थीको हालत के होला ? कर्मचारीले काम गर्न छोडे राज्यको हालत के होला ? अनि संसद् अवरुद्ध गरियो भने जनता समस्याहरु कहाँ गएर प्रकट गर्ने ?’, उनले भने,’त्यसकारण प्रतिपक्षका साथीहरुलाई आग्रह गर्न चाहन्छौँ, तपाईहरुले सदन रोक्नुभएकै हो, कृपया सदन नरोकेर आफ्ना भनाईहरु सदन राख्न अनुरोध गर्न चाहन्छु ।’

सांसद पौडेलले सुनकाण्ड मात्र नभएर पहिल्यै देखि धेरै काण्डहरुमा पनि कुरा उठेको बताए । उनले नक्कली शरणार्थी प्रकरण र ललिता निवासको जग्गा किर्ते गरेर हराएको विषयमा अनुसन्धान गरेर सरकारले जरामा पुगेको कुरालाई प्रशंसा गर्नुपर्ने बताए ।

सांसद पौडेलले यसअघि अरु नै गृहमन्त्री भएको बेलामा पनि सुन तस्करी हुने गरेको उल्लेख गर्दै अहिलेको सरकारले सुन समातेको विषयमा अनुसन्धान गर्नका लागि प्रतिपक्षी दलले सहयोग गर्नुपर्ने बताए ।