३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे

लम्पी स्किनको सङ्क्रमणबाट कर्णालीमा साढे दश हजार पशु मरे
file photo
अ+ अ-

कर्णाली । लम्पी स्किन सङ्क्रमणका कारण कर्णाली प्रदेशमा साढे दश हजार पशु चौपाया मरेको यहाँको पशुपक्षी विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका निमित्त निर्देशक कृष्णप्रसाद पङ्गेनीका अनुसार दुई लाख २७ हजार दुई सय ६७ बाच्छाबाच्छी, गाई, गोरु, भैसी र चौरी सङ्क्रमित भएमध्ये यही साउन २१ गतेसम्म प्रदेशका दश जिल्लामा १० हजार चार सय ५० पशु चौपाया मरेका हुन् ।

“पछिल्लो समय कालीकोट, जुम्ला र डोल्पामा पनि लम्पी स्किनका कारण पशु चौपाया मरेका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार जाजरकोटमा २३ हजार ६५ पशुमा यो रोगको सङ्क्रमण देखिएकोमा दुई हजार आठ सय ७७ मरेका छन् । साथै कालीकोटका २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ पशु चौपाया मरिसकेका छन् । हुम्लामा कूल १३ हजार पाँच सय ९८ पशु चौपाया सङ्क्रमित भएकोमा प्राप्त एक हजार ९८३ मरिसकेका छन् ।

पशु चिकित्सक डा सविना मल्लका अनुसार सुर्खेतमा २९ हजार पाँच सय ४१ सङ्क्रमित पशुमध्ये एक हजार ५८ र सल्यानमा ३४ हजार चार सय ७९ सङ्क्रमित पशुमध्ये एक हजार २३ मरिसकेका छन् । साथै दैलेखमा ७५ हजार तीन सय ६६ सङ्क्रमितमध्ये छ सय २१ पशु चौपाया मरिसकेका छन् ।

साथै जुम्लामा १४ हजार ४१ सङ्क्रमितमध्ये पाँच सय ७३, डोल्पामा सात हजार पाँच सय २९ सङ्क्रमितमध्ये पाँच सय ४३, रुकुम पश्चिममा १७ हजार छ सय ४१ सङ्क्रमितमध्ये चार सय ६९ पशु मरिसकेका छन् ।

निर्देशक पङ्गेनीले बढ्दै गएको लम्पी स्किनको सङ्क्रमण नियन्त्रण गर्न आवतजावतमा बन्द गरिएको र घाउ खटिरा आएका पशुमा मलहम लगाउने गरिएको बताउनुभयो । साथै सबै जिल्लामा पशु प्राविधिक खटाइएको उहाँको भनाइ छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता धनबहादुर कठायतले लम्पी स्किन रोगबाट सङ्क्रमित दुई लाख २७ हजार दुई सय ६७ पशुबस्तुमध्ये एक लाख ५५ हजार एक सय १८ को उपचार गरिएको र १३ हजार ४६ मा खोप लगाइएको जानकारी दिनुभयो । मन्त्रालयका अनुसार कूल सङ्क्रमित सङ्ख्यामा लम्पी स्किन रोगबाट चा् दशमलव ५९ प्रतिशत पशु चौपायाको मृत्यु भएको र थप क्षति हुन नदिन उच्च सतर्कता अपनाइएको छ । रासस