१२ मंसिर २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा कुलमानको एक्सन: विद्युत महसुल नतिर्ने उद्योगको कारोबार रोक्काका लागि राष्ट्रबैक, कम्पनी रजिष्ट्रार र धितोपत्रबोर्डलाई पत्र गणतन्त्र , संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा: कमल थापा आवश्यकता र हित हेरेर मात्रै बिआरआइ कार्यान्वयन गर्नुपर्छ’ जनकपुर र अयोध्यालाई हवाईसेवामार्फत जोड्ने प्रयासमा छौँः मन्त्री पाण्डे मन्त्रालयहरूको त्रैमासिक समीक्षा परिणाममूलक बनाउन प्रधानमन्त्रीको निर्देशन भारतलक्षित प्रदीप ज्ञवालीको टिप्पणीः नेपालको द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन परराष्ट्रमन्त्री डा राणा चीनको औपचारिक भ्रमणमा जानुहुँदै सूर्य नेपाल सेन्ट्रल ओपनको तेस्रो दिन पनि तोरणविक्रम शाही शीर्षस्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब दुबईबाट इराक जान लागेको विमानबाट भालु निस्कियो…



अ+ अ-

एजेन्सी । दुबईबाट इराक जान लागेको एक एयरलाइन्सको कार्गोबाट एउटा भालु निस्किएको छ । दुबई एयरपोर्टबाट प्रस्थान गर्नु अघि इराकी विमानबाट भालु निस्किएपछि विमानस्थलमा खैलाबैला मच्चिएको छ । यो घटनाले उडान ढिलो मात्र होइन, सामाजिक सञ्जालमा प्रतिक्रियाको लहर पनि पैदा गरेको छ।

इराकका प्रधानमन्त्रीले यस घटनाको छानविन गर्न आदेश दिएका छन् । यस्तै, इराकी एयरवेजले यसमा आफ्नो केही गल्ती नभएको बताएको छ । एयरलाइन्सले भालु बगदादबाट दुबई ल्याइएको र यसको चालक दलले संयुक्त अरब इमिरेट्स (युएई)का अधिकारीहरूसँग सहकार्य गरेको बताएको छ ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा विमानका क्याप्टेनले उडान ढिला भएकोमा यात्रुसँग माफी मागेको देख्न सकिन्छ । ढिलाइ हुनुको कारण कार्गो होल्डमा रहेको आफ्नो क्रेटबाट भालु भागेको बताइएको छ । भालुलाई विमानबाट निकाल्दा सबै यात्रीलाई ओरालियो । घटनामा कुनै यात्रीलाई चोट पुगेन ।

इराकी एयरवेजले भालु ढुवानी गर्दा अन्तर्राष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनद्वारा अनुमोदित प्रोटोकलहरू र कानुनी मापदण्डहरू पुरा गरेको बताएको छ।

अन्तर्राष्ट्रिय यात्राका लागि विश्वकै व्यस्त विमानस्थलको रूपमा चिनिने दुबई अन्तर्राष्ट्रिय विमानस्थलले घटनाबारे टिप्पणी गर्न अस्वीकार गरेको छ ।

इराकमा धनाढ्यबीच भालु पाल्ने प्रचलन लगातार बढ्दो छ । उनीहरु शिकारी जनावरहरुलाई घरपालुवा जनावरको रूपमा राख्न रुचाउछन् । यसैबिच इराकी अधिकारीहरूले जंगली जनावरहरूको संरक्षण गर्ने उद्देश्यले नियमहरू लागू गर्न चुनौतीहरूको सामना गरिरहेका छन् ।

त्यस्ता जीवहरूलाई शहरको सडकमा घुम्न वा रेस्टुरेन्टहरूमा विदेशी खानाको रूपमा प्रयोग गर्नबाट रोक्नको लागि बग्दादको प्रहरीले नागरिकहरूलाई त्यस्ता जनावरहरूको रिपोर्ट गर्न आग्रह गरेको छ।




भर्खरै